१९ औ अम्वर ललित डिपो कप शुरुः उद्धघाटन खेलमा आयोजक डिपो विजयी

डिपो स्कुलको आयोजनामा आयोजित १९ औ अम्वर ललित डिपो कपको उद्धघाटन खेलमा आयोजक डिपो स्कुल रेड टिम विजयी भएको छ ।
आज देखि सुरु भएको प्रतियोगिताको उद्धघाटन खेलमा डिपोले देउरालि चिल्ड्रेन स्कुललाई ५–० फराकिलो गोल अन्तर निकाल्दै सहज रुपमा जित निकालेको छ । खेलमा डिपोका सुरज राणा मगरले ह्याट्रिक गरेका छन । उनले पहिलो हाफको ३ मिनट, दोस्रो हाफमा ३ र २३ मिनटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । यसै गरि डिपोका कुशल राईले दोस्रो हाफको १२ मिनटमा गोल गरे । एक गोल भने देउरालि चिल्डे्रनका सक्षम राईले पहिलो हाफको ११ औ मिनेटमा आफ्नै गोल पोस्टमा अत्मघाति गोल गरेका थिए । खेलको म्यान अफ द म्याच देउरालि चिल्डे्रनका उज्वल घतानि घोषित भए । उनलाई कार्यक्रमका प्रमूख अतिथि सुनसरी फुटवल संघका अध्यक्ष नविन राईले ट्रफि प्रदान गरेका थिए ।
कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाइने विद्यालय स्तरिय प्रतियोगितामा १६ टिमले सहभागिता जनाएको छ । सहभागि विद्यालयहरुमा आयोजक डिपो स्कुल रेड र व्लु, देउरालि चिल्ड्रेन, धरान लिगामेन्ट, प्रभात वोड्रिङ्ग स्कुल, समिट स्कुल, इमानुयल स्कुल, सुनाखरी स्कुल, हिविकस स्कुल, काम्रेल हाइ स्कुल, जोलसाय स्कुल, नेपाल पुलिस स्कुल, आइडियल स्कुल, दिल्ली पव्लिक स्कुल, नेवेल एकेडेमि र माउण्ट हर्मन स्कुलले सहभागिता जनाएको छ । पुस १२ गते देखि १९ गते सम्म सम्पन्न हुने प्रतियोगिताको उद्धघाटन प्रमूख अतिथि राई र कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अमरवहादुर लिम्वुले संयुक्त रुपमा पानसमा द्धिप प्रज्वलन गरेर गरेका थिए ।
    उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैया, दास्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । शिक्षा संगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागिता गराई उनिहरुमा भएको प्रतिभालाइ प्रोत्साहन गर्नलाई प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्राचार्य राजकुमार राईले मन्तव्यको क्रममा वताए । अम्वर ललित डिपो कप २०६१ साल देखि सुरु भएको हो । लकडाउनको वेला दुई संस्करण प्रतियागिता रोकिए वाहेक प्रतियोगिता निरन्तर सम्पन्न भईरहेको उनले वताए ।

पहिलो खेल पराजित भएका देउरालि चिल्ड्रेन स्कुलले दिलवहादुर प्लेट च्याम्पियन खेल्नेछ । पहिलो चरणमा पराजित ८ टिमले प्लेट च्याम्पियनका लागि प्रतिश्पर्धा गर्नेछ ।
प्लेट च्याम्पियनका विजेतले नगद ३ हजार १ सय ११ रुपैया र उपविजेताले २ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । डिपो कपको पहिलो चरणका खेलहरु सकिएपछि प्लेट च्याम्पियनका खेलहरु सुरु हुनेछ । प्रतियोगिताका सम्पुर्ण खेल धरान १८ स्थित डिपो स्कुलको खेल मैदानमा हुनेछ । उद्धघाटन कार्यक्रममा डिपो स्कुल वोर्ड अफ ट्रस्ट्रिजका अध्यक्ष भिमराज लिम्वु, विद्यालय व्यवस्थापन समिति सदस्य एवं प्रतियोगिता संयोजक दिपवहादुर राई, सदस्य सुर्यपन्धाक लिम्वु लगायतको उपस्थिति रहेको थियो ।