मारवाडी महिला मंच धरानको बृक्षारोपण

दिव्य रोशनी(धरान)/ नेपाल राष्ट्रिय मारवाडी महिला संगठनको २१ औं स्थापना दिवसको शुभ–अवसरमा मारवाडी महिला मंच धरानले बृक्षारोपण कार्यक्रम गरेको छ।
उक्त बृक्षारोपण कार्यक्रम धरान १५ स्थित रहेको ज्ञानचक्षु विद्यालय परिसरमा गरिएको हो । मंगलबार बेलुका ४ वजेबाट मारवाडी महिला मंचकि अध्यक्ष रेखा अग्रवाल सचिब पूजा अग्रवाल रतेरिया लगायतका पदाधिकारीहरुको उपस्थितिमा २१ वटा बिरुवा रोपिएको थियो। जहाँ, निम, बेल, अम्ला, तेजपात र धुपी, सुपारी, वदाम, अम्बक लगायत जातका बिरुवा रोपेको मारवाडी महिला मंचकि सचिब पुजा अग्रवालले जानकारी दिईन् ।
सामाजिक कार्यमा निकै नै सक्रिय रहेको मंचले यसअघि गएको मिति २०८० चैत २४ गते गणगौर उत्सव, चैत २८ गते वैष्णो देवी मन्दिरमा द्वितीय दिवसको भण्डरा, महाकुम्भ मेलामा रु १५००० पानीको सेवा संगै २०८१ जेठ १९ देखि २५ गतेसम्म निःशुल्क साप्ताहिक योग शिविर संचालन गरिसकेका छन्।