सुर्य नेपाल सेन्ट्रल ओपनः शुक्रको कीर्तिमानी प्रदर्शन
दिव्य रोशनी/ सूर्य नेपाल गल्फ टुर २०२२÷२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले कीर्तिमानी प्रदर्शन गरेका छन्।
११ अन्डर ६१ को उम्दा प्रदर्शनमा शुक्रले गोकर्ण गल्फ क्लबमा नयाँ कोर्ष रेकर्ड कायम गरेका हुन्। सुर्य नेपाल मास्टर्स दौरान तीन भारतीय खेलाडी चिक्कारङ्गापा एस, अभिजत सिंह चड्डा र समिम खानले १० अन्डर ६२ खेल्दै रेकर्ड बनाएका थिए। उक्त रेकर्ड १० बर्षपछि शुक्रले तोडेका हुन्।
गोकर्ण गल्फ क्लबमा दोस्रो दिन ११ अन्डर ६१ खेल्दै समग्रमा १८ अन्डर १ सय २६ को सानदार नतिजामा शुक्रले भुवन नगरकोटीलाई ३ स्ट्रोकले पछि पारे। ९ अन्डर ६३ को उत्कृष्ट स्कोरमा भुवन समग्रमा १५ अन्डर १ सय २९ सहित दोस्रो स्थानमा रहेका छन्। ९ अन्डरको स्कोरमा उनले शिवराम श्रेष्ठको रेकर्ड बराबरी गरे।
एमेच्योर खेलाडी सदभाव आचार्यले ३ अन्डर ६९ खेल्दै समग्रमा ३(अन्डर १ सय ४१ को स्कोर सहित तेस्रो स्थानमा उक्लिएका छन्। नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङ र प्रोफेसनल खेलाडी जयराम श्रेष्ठ १ अन्डर १ सय ४३ सहित संयुक्त रुपमा चौथो स्थानमा रहेका छन्। सुबाशले १ अन्डर ७१ र जयरामले ३ ओभर ७५ मा दोस्रो दिनको खेल सकाए।
यसैगरी १ओभर ७३ स्कोर गर्दै समग्रमा इभन–पार १ सय ४४ सहित निरज तामाङ छैटौं स्थानमा रहेका छन्। २ अन्डर ७० जोड्दै समग्रमा १ ओभर १ सय ४५ सहित भुवन कुमार रोक्का सातौ स्थानमा रहे। यस्तै टंक बहादुर कार्की र शिवराम पौडेलले २ ओभर १ सय ४६ सहित संयुक्त रुपमा आठौं स्थान बाँडे। टंकले १ अन्डर ७१ र शिवरामले १ ओभर ७३ स्कोर जोडे।
प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सुर्य नेपाल प्रा. लिको प्रायोजनमा जारी प्रतियोगितामा एमेच्योर युवराज भुजेल र प्रो सञ्जय लामा ३ओभर १ सय ४७ को नतिजामा संयुक्त रुपमा दशौं स्थानमा रहेका छन्।
३६ होलको समाप्तीमा १३ ओभर सम्म खेल्ने २१ प्रो र ७ एमेच्योर गरी कुल २८ खेलाडीले कट बनाएका छन्न्। प्रो दिनेश प्रजापतिसँगै रामे मगर, प्रदीप कुमार लामा, राजेन्द्र श्रेष्ठ प्रधान, रमेश अधिकारी, बलभद्र राई, सञ्जोक मोक्तान, राम कृष्ण श्रेष्ठ, रबि खड्का, दीपक मगर, कमल तामाङ, सुर्य प्रसाद शर्मा र किसन कालीराज सुनारले कट बनाए। एमेच्योरतर्फ सद्भाव र सुबाशसँगै युवराज भुजेल, टासी छिरिङ, सुरेश तामाङ, निश्चय जङ्ग रायमाझी र क्याप्टेन नोर्बु शेर्पाले पनि अन्तिम दुई दिनको लागि स्थान सुरक्षित गरे।
करियरकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा शुक्रले फ्रन्ट नाइट ५ अन्डर ३१ मा पुरा गरे। पहिलो, दोस्रो र नवौं होलमा बर्डी प्रहार गर्दा ५ पारको सातौ होलमा इगलको सफलता प्राप्त गरे। ब्याक नाइनमा पनि सानदार प्रदर्शनलाई निरन्तरता दिए। बोगी रहित खेल्ने क्रममा ११औं, १३औं, १४औं र १५औं होलमा एक एक सट बचाउँदा १२औं होलमा इगल प्रहार गरे।ब्याक नाइन ६ अन्डर ३० मा सकाए। रेकर्ड स्कोर गर्दा पनि शुक्रलाई भुवनले दबाब भने दिएका छन्।
भुवनले लोभलाग्दो प्रदर्शन गर्दै फ्रन्ट नाइन ८ अन्डर २८ मा सकाए। यो क्रममा उनले दिनको सुरुवात बर्डीबाट गर्दै तेस्रो होलमा इगलको सफलता हात पारे। यसपछि चौथो देखि सातौं होलमा लगातार बर्डी प्रहार गरे भने नवौं होलमा पनि एक सट बचाए। फ्रन्ट नाइनमा कुल ६ बर्डी दर्ज गरे। ब्याक नाइन १ अन्डर ३५ मा पुरा गरे। १३औं होलमा एक सट खेर फाल्दा ११औं र १२औं होलमा बर्डी प्रहार गरे।
एमेच्योर सदभावले फ्रन्ट नाइन २ अन्डर ३४ मा पुरा गरे। पहिलो होलमा बोगी खेपे पनि सम्हालिदै चौथो, छैटौ र सातौ होलमा बर्डी प्रहार गरे। यसपछि ११औं होलमा एक सट खेर फाल्दा १२औं र १८औं होलको बर्डीले ब्याक नाइन १ अन्डर ३५ मा सकाए।
नम्बर एक एमेच्योर सुबाशले फ्रन्ट नाइन २ अन्डर ३४ र ब्याक नाइन १ ओभर ३७ मा पुरा गरे। उनले तेस्रो, पाँचौ, सातौ र बार्हौ होलमा बर्डी प्रहार गर्दा आठौ, एघारौं र पन्ध्रौं होलमा बोगी खेपे।
कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेकाछन्। प्रोफेसनलतर्फको विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ। दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन्। यसैगरी चौथो र पाँचौं हुने खेलाडीले क्रमशः ५५ हजार र ४७ हजार हात पार्नेछन्। साथै उत्कृष्ट २१ मा प्रतियोगिता सकाउने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।
Pingback: ผลิตกล่องบรรจุภัณฑ์
Pingback: เช่าเรือสปีดโบ๊ท,เช่าสปีดโบ๊ท เจ้าพระยา,เรือเช่าเหมาลํา เจ้าพระยา
Pingback: bonanza178
Pingback: i was reading this
Pingback: Product information
Pingback: site
Pingback: ที่พักพูลวิลล่าพัทยา
Pingback: dust bunnies
Pingback: ขายที่ดิน
Pingback: https://mostbetapk.com/ru/bet/
Pingback: คลินิกปลูกผม
Pingback: หวยลาว สลากพัดทะนา คืออะไร ?
Pingback: melo air
Pingback: funky republic ti7000
Pingback: rainbow six siege aimbot source
Pingback: 2mmc
Pingback: once human challenger
Pingback: Funny Videos
Pingback: chat rooms