धरान एक्स्पोमा रोकिएको रोटेपिङ सञ्चालनमा
दिव्य रोशनी(धरान)/ धरान एक्सपोमा रोकिएको रोटेपिङ आज सोमवार देखी संचालनमा आएको छ।
धरान उपमहानगरपालिकाले अनुमति दिएसँगै धरान एक्स्पोमा रोटेपिङ सञ्चालनमा आएको हो। अनुमति नलिई सञ्चालनमा ल्याउन लागिएको भन्दै एक्स्पोको पहिलो दिनबाट नै उप–महानगरपालिकाले रोटेपिङ संचालनमा रोक लगाएको थियो ।
रोटेपिङ सञ्चालनको विषयमा जानकारी दिँदै एक्स्पोका संयोजक गोपाल श्रेष्ठले सबै प्रक्रिया पूरा भएकाले आज सोमवारबाट रोटेपिङ सञ्चालनमा आएको जानकारी दिए ।“आवश्यक प्रक्रिया पुरा गरे पनि पालिकासँग समन्वय हुन बाँकी रहेको थियो त्यसलाई हामीले पूर्णता दिएका छौँ” एक्स्पो संयोजक श्रेष्ठले भने, ‘पालिकाबाट अनुमति प्राप्त भएसँगै आजबाट एक्स्पोमा रोटेपिङ सञ्चालनमा आएको हो ।’
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ बाट धरान रङ्गशालामा जारी एक्स्पोमा रोटेपिङबाहेक अन्य मनोरञ्जनका सामग्री र बाल उद्यान सञ्चालन भइरहेका छन्।एक्स्पोको पाँचौं दिन आज चर्चित गायक दीपक लिम्बूको साङ्गीतिक प्रस्तुति रहनेछ । गायक लिम्बू बाहेक स्थानीय कलाकार र समूहले आ–आफ्नो प्रस्तुति दिने समेत बताइएको छ ।
फागुन २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा एक सय २३ स्टल अवलोकन गर्न सकिनेछ । एक्स्पोमा दिउँसो ३ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । दिउँसो तीनदेखि पाँच बजेसम्म टिकट दर ५० रुपैयाँ राखिएको एक्स्पोमा पाँच बजेपछि प्रवेश शुल्क २ सय रुपैयाँ निर्धारण गरिएको छ।
Pingback: 3D Black and gray tattoo Khao Lak
Pingback: locksmith Boaz
Pingback: nagaqq
Pingback: หวยหุ้นดาวโจนส์
Pingback: thin mints in stores
Pingback: ทรัสเบท
Pingback: ทางเข้า viplotto
Pingback: ยาเพิ่มขนาด
Pingback: เช่ารถตู้พร้อมคนขับ
Pingback: รู้จัก แทงบอลชุด แทงบอลสเต็ป ให้ดีก่อนเริ่มเล่น
Pingback: Buy Kimber K6s/ DASA Sights - Fiber Optic Set Online At theblissfirearms.com
Pingback: ส่งพัสดุ
Pingback: บ้านพักพูลวิลล่า หัวหิน
Pingback: funnyvideos.cool
Pingback: เน็ต AIS
Pingback: SLOTXO ทางเข้าเกม สมัครฟรี
Pingback: ออกแบบเสื้อยืด
Pingback: ทัวร์ธุรกิจจีน
Pingback: cinemarule
Pingback: 50 tokens
Pingback: ทางเข้าpg168
Pingback: เคล็ดลับ แทงไพ่เสือมังกร
Pingback: Diyala Science1