धरान एक्स्पोको पहिलो दिन समिर श्रेष्ठको लाइभ प्रस्तुति रहने
दिव्य रोशनी(धरान)/ सुनसरी उधोग बाणिज्य संघ , सुनसरीको आयोजनामा हुन लागेको धरान एक्स्पो २०७९ फागुन ११ गते बिहीबारबाट धरान रंगशालाको तल्लो मैदानमा आयोजना हुदैछ।
फागुन २० गते शनिबार सम्म १० दिन चल्ने “धरान एक्स्पो”मा व्यवसायीक, व्यापारिक, औद्योगिक, कृषि, पर्यटन, खेलकुद, शिक्षा, स्वास्थ्य, वित्तिय संस्था लगायतका क्षेत्रको विभिन्न स्टलहरु प्रमुख आकर्षण रहनेछ भने विभिन्न रमाइला खेलहरु संगै हरेक दिन राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको बेजोड प्रस्तुति हुने अध्यक्ष विजय श्रेष्ठले बताए। उद्घाटनको दिन साँझ अहिलेको युवापुस्ताका चर्चित गायक समिर श्रेष्ठको बिशेष प्रस्तुति रहनेछ। “थाम न हात मेरो , हेरन , चार दिवार , टीकाजमरा , मायालु सुनन , कुरी बस्छौ, आँशुले मुहार धुदैछ , बुझी देउ , मेरो मनमा , मनका कुरा , सम्झना छ लगायतका थुप्रै चर्चित गीतहरु युवाहरुमाझ निक्कै नै चर्चित रहेको छ। एक्लै प्रस्तुति दिदै आएका गायक समिर श्रेष्ठले यसपाली आफ्नो ब्याण्ड क्रिसेंट्स का ६ जना ब्याण्ड मेम्बरका साथ पहिलो पल्ट लाइभ प्रस्तुति दिदैछन्। एक्स्पोको दोस्रो दिन चर्चित गायक छेवाङ्ग लामाको प्रस्तुति रहनेछ।
Pingback: หวยนาคา
Pingback: 1xslots argentina
Pingback: endolift
Pingback: pgslot168