धरानमा प्रदेश १ स्तरिय महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता हुने
दिव्य रोशनी(धरान)/ धरानमा दोस्रो प्रदेश १ स्तरिय अल्फाविटा महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता २०७९ हुने भएको छ।
बुधवार धरानमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक धरान बास्केटबल संघले अल्फाविटा एजुकेशन कन्सल्टेन्टको प्रायोजनमा प्रदेश १ स्तरिय महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता हुन लागेको जनाएको हो। आगामी फागुन ५ देखी १२ गतेसम्म आयोजना हुने प्रतियोगितामा पुरुष तर्फको उमेर २३ वर्षमुनी तोकिएको छभने महिलातर्फ उमेरको सिमा खुल्ला गरिएको छ। प्रतियोगितामा पुरुष तर्फ १२ टिम र महिला तर्फ ८ टिम रहने आयोक धरान बास्केटबल संघका सचिव विकास चाम्लिङ राईले बताए। उनले प्रतियोगितामा धरान, झापा, मोरङ, ईलाम, उदयपुर, धनकुटा लगायतका जिल्लाबाट प्रतियोगि टिमहरु सहभागीता हुने समेत जनाए।
धरान १६ स्थित धरान रंगशाला वास्केटबल ईन्डोर हलमा सम्पन्न हुने प्रतियोगिताको समापनको फाईनल खेल अघि प्रतियोगिताको थप आकर्षका लागी प्रकाश पौडेल महिला पुरुष थ्रि पोईन्ट कम्पिटिसन हुनेछ। जसमा महिला पुष विजेताले जनही नगद ३ हजार रुपैया सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगितामा पुरुष विजेता टिमले नगद ३० हजार र उपविजेताले नगद १५ हजार सहित ट्रफि र मेडल र प्रमाणपत्र पाउनेछन्भने महिला टिम विजेताले नगद २० हजार र उपविजेताले नगद १९ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्। यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी र हाईस्कोरर पुरस्कार विजेता महिला पुरुष खेलाडीले नगद सहित ट्रफि र प्रमाणपत्र पाउने धरान बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले बताए।
Pingback: Morning Prayer Book
Pingback: Thai Massage Barcelona
Pingback: เน็ต บ้าน ais
Pingback: ไซด์ไลน์
Pingback: 1xSlots Casino Argentina con slots únicos
Pingback: Alexander Debelov