२३ औं गोधुली फुटबल रनिङ कपः धरान १६ र धरान १ बिजयी

दिव्य रोशनी(धरान)/ २३ औं संस्करणको गोधुली फुटबल रनिङ कपमा मंगलवार भएको खेलमा धरान १६ विजयी बनेको छ।
धरान १६ स्थित धरान रंगशालामा भएको खेलमा धरानको १६ नं. वडाले १० नं. वडालाई ३–० गोल अन्तरले पराजित गरेको हो। खेलमा धरान– १६ का लागि तिनै गोल सरोज लकान्द्रीले गरेका थिए।
उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए। उनलाई नगद १५ सय सहित मेडल पुरस्कार प्रदान गरिएको थियो।
यसैगरी मंगलबारै भएको दोस्रो खेलमा धरान १ ले धरान १८ लाई ४–३ गोल अन्तरले पराजित गरेको छ। भोली बुधवारको पहिलो खेल धरान ५ र धरान ३ का बिच हुनेछन्भने दोस्रो खेल धरान १४ र धरान ६ का बिच हुने आयोजक संस्था गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जनाकारी दिए।

One thought on “२३ औं गोधुली फुटबल रनिङ कपः धरान १६ र धरान १ बिजयी

टिप्पणीहरू are closed.