सुनसरी १ प्रदेशसभा १(ख) एमालेको अग्रता कायमै
दिव्य रोशनी (धरान)/ सुनसरी क्षेत्र नं १ प्रदेशसभा १(ख) मा एमालेका विजय राईले अग्रतालाई कायम राखेका छन्।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार शनिवार दिउसो २ः३० बजे सम्म प्रदेशसभा १ (ख) तर्फ १४ हजार ५ सय ६२ मत गणना हुदा नेकपा एमालेका विजय राईले ४१७४ मत पाएका छन्भने राप्रपा (हलो)का अनिश ढकालले ३२१९ मत ल्याएर पछ्याईरहेका छन्। यसैगरी दाप सहितको खुकुरीले ४८२, एकिकृत समाजवादी पार्टी(कलम) १८३७, ढकिया २२, ढाका टोपीले २५७, विजुलीको चिम ३३९, पानीको धाराले ३३९, फुटबल खेलाडीले १९, सारंगीले १७, क्यालकुलेटर १३२७,केराको काईयोले २६ र ललाटिनले २००४ मत पाएको छ।
Pingback: Cafe in Roseville
Pingback: ตู้ล่าม
Pingback: ขายเหล็ก
Pingback: PinUp yukle