सुनसरी १ मा प्रतिनिधीसभातर्फ ५२०२१ मत गणना गर्दा घण्टीलाई १२०८ को अग्रता
दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य भईरहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार शनिवार विहान ११ः२० बजेसम्म प्रतिनिधीसभातर्फको ५२ हजार २१ मत गणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी) का सरिन (गोमा)तामाङले १२०८ मतको अग्रता राखेका छन्। उनले १०७६४ मत ल्याउदा जसपाको चुनाव चिन्ह छाता(अशोक राई) ले ९५५६ मत ल्याएर पछ्याउदैंछन्। यसैगरी नेकपा माओवादीको चुनाव चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले ८१२६ मत पाएका छन्।
यसैगरी खरायो(मनोज मेन्याङवो)ले ६२९६ मत प्राप्त गरेको छभने राप्रपाको चुनाव चिन्ह हलोले ५१८८, लाउड स्पीकरले १७८, ढाका टोपीले १२४, कुखुराको भालेले १२९, दाप सहितको खुकुरीले ५५७, ताराले १८६, पानीको फिल्टरले १४३, घन्टाघर(कुमार कार्की)ले १४५२, क्रस खुकुरीले २२५, चापाकलले ९६, तिलहरी ३६, पानीको जारले ३३६३, सुर्यमुखी फुलले १५७१, पुतली ४४, छत्रेटोपी १०२ र सेलरोटीले १८४ मत ल्याएका छन्।

Pingback: สล็อตเว็บตรง กับ สล็อต เว็บเอเย่นต์ มีความแตกต่างกันอย่างไร
Pingback: where can i buy turkey tail mushroom capsules
Pingback: สล็อต pg เว็บตรง แตกหนัก
Pingback: โซล่าเซลล์
Pingback: sidegra