कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा नियुक्त भएका छन्।
उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० वमोजिम बिहिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
प्रदेश सभामा कुल ९३ सदस्यहरु छन्। सरकार गठनको लागि बहुमत पुर्याउन ४७ जना सांसदहरुको समर्थन आवश्यक पर्दछ। जसमा कांग्रेसका २९, माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका ४ जना र जसपाका १ जना गरि कुल ४६ जनाले बहुमत नपुग्ने भएपछि प्रदेश सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेपछि थापा मुख्यमन्त्री बनेका हुन्।