सुनसरी १ प्रदेशसभा १(क) मा एमालेका रमेश बस्नेत विजयी(भिडियो सहित)

दिव्य रोशनी (धरान)/ सुनसरी क्षेत्र नं १ प्रदेशसभा १(क) मा एमालेका रमेश बस्नेत विजयी भएका छन्।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार प्रदेशसभा १ (क) तर्फ ३९ हजार ७ सय २६ मत गणना हुदा नेकपा एमालेका रमेश बस्नेतले ११०२ मत पाई विजयी बनेका हुन्।रमेशका प्रतिद्धन्दी नेपाली कांग्रेस (रुख)का उमेश थापाले ९७५२ मत ल्याएका थिए। यसैगरी राप्रपा हलोले ८३६३, दाप सहितको खुकुरीले १२४५, लौरोले १२५९, ढाका टोपीले १४१, तिरले २२८, पानीको धाराले १०६५, ब्याडमिन्टनको कर्कले २१, जिपले २०, डल्फिनले ३५, हजारी चिन्हले १७३, लालटिन ४४६३ र पंखाले ७५ मत पाएका थिए।


प्रदेशसभा १ (क) तर्फ कुल ३९ हजार ७ सय २६ खसेको मत मध्ये ३७ हजार ९ सय ४२ मत सदर भएको थियोभने १ हजार ७ सय ९४ मत बदर भएको निर्वाचन कार्यालय धरान सुनसरीले जनाएको छ।

One thought on “सुनसरी १ प्रदेशसभा १(क) मा एमालेका रमेश बस्नेत विजयी(भिडियो सहित)

टिप्पणीहरू are closed.