प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा सत्यम सुब्बालाई दोहोरो उपाधि
दिव्य रोशनी(धरान)/ जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा त्रियोग ब्याडमिन्टन क्लब धरानको सहआयोजनामा यही अशोज ६ गतेदेखि आयोजित प्रदेश १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता अशोज ९ गते आईतबर सम्पन्न भएको छ।
विभिन्न ७ विधामा सम्पन्न भएको प्रतियोगिताको आईतबार सम्पन्न फाइनल खेलमा पुरुष एकलतर्फ सुनसरीका सत्यम सुब्बाले एपिएफ क्लबका प्रनिश सिंह ठकुरीलाई २१–१३, २१–१९ सेटको सोझो सेटमा पराजित गरि स्वर्ण पदक जित्न सफल भएका छन्। सो विधामा विशाल तामाङ भोजपुर र पविन लिंङथेप संखुवासभा तेश्रो भए। त्यस्तै, महिला एकलतर्फ अनुमाया ओखलढूंगाले सिमा राजवंशी बिग ब्रदर्श विर्तामोडलाई २१–१६, २१–१८ को सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गर्न सफल भईन्।सो विधामा झापाकी अमिता गिरी र अञ्जना राई तृतिय भए।
त्यस्तै पुरुष युगल विधातर्फ भएको प्रतिस्पर्धात्मक खेलमा सुनसरीका सत्यम सुब्बा र सूर्य श्रेष्ठका जोडीले भोजपुरका निश्चल खत्री र संखुवासभाका पविन लिङथेपको जोडीलाई २१–१७, ९–२१, २१–१८ ले पराजित गरि प्रथम उपाधि जित्न सफल भए। सो विधामा भोजपुरका विवेक श्रेष्ठ र नविन श्रेष्ठको जोडी तथा ओखलढुंगाका गणेश ढुंगेल र संखुवासभाका मुनाहाङ गुरुङको जोडीले तृतिय स्थान हासिल गरे।
त्यस्तै अण्डर १७ ब्वाईज एकलतर्फ बेल्टार ब्याडमिन्टन एकेडेमीका विनय चौधरीले मोरङका सुप्रिम पन्तलाई २१–११, २१–११ ले पराजित गरि प्रथम स्थान हासिल गर्न सफल भए। उक्त विधामा सोलुखुम्बुका सविन कार्की र भोजपुरका युनिस राईले तेस्रो स्थान हासिल गर्न सफल भए। यसैगरी सुपर भेट्रान्सतर्फ कास्कीका अनुप भट्टचन र चितवनका बुद्धि चौधरीको जोडी तथा भेट्रान्स ४५ वर्ष माथिका काठमाण्डौं सञ्जय कपाली र श्याम लामाको जोडी प्रथम हुन सफल भएका थिए।

त्यसैगरी मिक्स डबलतर्फ एफीएफ क्लबका प्रनिश सिंह ठकुरी र झापाकी अमिता गिरीको जोडी प्रथम हुन सफल भएको खेल प्राविधिक रकम सुब्बाले जानकारी दिए।
प्रतियोगिताका बिजेता खेलाडीहरुलाई प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रा बेघा, विशेष अतिथी नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष चन्द्रशेखर लामा, महासचिव विरेन्द्र श्रेष्ठ, समाजसेवी टंक बहादुर लिम्बु, अमरसेवा समाजका अध्यक्ष भुमी पेहिम लगायतले मेडल, कप, प्रमाणपत्र र नगद प्रदान गरेका थिए।
धरान १३ स्थित अमर सेवा समाजको कबर्ड हलमा सम्पन्न प्रतियोगितालाई सहयोग गर्ने दाताहरुलाई कार्यक्रम संयोजक सुरेश नेयोङले धन्यवाद ज्ञापन गरेका थिया। सो कार्यक्रम आयोजक संस्थाका अध्यक्ष प्रतिक श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।
Pingback: jokerjewels
Pingback: Thai Massage Barcelona
Pingback: Mushrooms chocolate for sale usa
Pingback: ไข่สั่น
Pingback: ลิควิดคลอลาเจนนํ้าสวีเดน
Pingback: Self-made billionaire entrepreneur Alexander Debelov