सचेत धरानेद्धारा सुनसरी महिला बास्केटवल टिमलाई जर्सी प्रदान
दिव्य रोशनी(धरान)/ सामाजिक कार्यमा अग्रसर रहेका धराने सचेत समुहले सुनसरी महिला बास्केटवल खेलाडिहरुलाई बास्केटवल जर्सी प्रदान गरेका छन्।
समुहले यहि असोज ६ गते देखि सुरु हुन लागेका प्रदेश १ बास्केटवल खेलाडि छनौट प्रतियोगिताका लागि प्रशिक्षणमा रहेका सुनसरी महिला बास्केटवल टिमका १२ जना खेलाडिहरुलाई जर्सी प्रदान गरेका हुन । उनिहरुलाई सोमवार धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सचेत धराने समुहका अध्यक्ष निरज लिम्वु, नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष जनकऋषि राई र डिपो क्याम्पसका प्रमुख राजकुमार राईले जर्सी हस्तान्तरण गरेका हुन ।
डा. आशा राईको कप्तानिमा असोज ६ गते सुनसरी जिल्लाका टिमले छनौट प्रतियोगितामा प्रतिश्पर्धा गर्दैछन्। अन्य टिम सदस्यहरुमा तनु राई, निरुता राई, सितल तामाङ्ग, रन्जिता लिम्वु इक्सा, सेरिना लिम्वु, संझना राई, आशा लामा, आस्था राई, नुमा लिम्वु, एल्भिना गुरुङ्ग र तनुसा श्रेष्ठ रहेका छन् । छनौट प्रतियोगितावाट प्रदेश १ टिम तयार गरिनेछ । सचेत धराने समुहले जर्सी संगै प्रतियोगिता स्थल धरान रंगशाला कर्भडहलका लागि दुई थान डस्टविन समेत प्रदान गरेका थिए।
असोज २८ गते देखि पोखरामा सुरु हुने ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ को विभिन्न जिल्लामा भदौ २९ गते देखि प्रदेश १ खेलाडि छनौट प्रतियोगिता सुरु भएको छ । धरानमा मात्र ६ वटा खेलको प्रदेश १ छनौट प्रतियोगिता संपन्न भइरहेको छ । धरानमा हुने छनौट प्रतियोगितामध्ये वुद्धिचाल, साइक्लिङ्ग, गल्फ र कराते खेलको छनौट प्रतियोगिता संपन्न भइसकेको छ। जुडो खेलको छनौट प्रतियोगिता सोमवारदेखि सुरु भएको छ भने वास्केटवल खेलको छनौट प्रतियोगिता भने ६ गते देखि ८ गते सम्म हुनेछ।
छनौट प्रतियोगिताका लागि प्रदेश १ भरिवाट धरानमा करिव एक हजार खेलाडिहरुले सहभागिता जनाउने छन् । जर्सी हस्तान्तरण कार्यक्रममा सुनसरी बास्केटवल संघका कोषाध्यक्ष गौरवमान श्रेष्ठ, प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, प्रशिक्षक रोशन राई, सचेत धराने समुहका प्रवतmा राम लिम्वु, कोषाध्यक्ष हर्कराज लिम्वु लगायतको उपस्थिति रहेको थियो।
Pingback: เว็บปั้มไลค์
Pingback: ระบบจัดการออเดอร์
Pingback: Broker Credit Rating
Pingback: kruger
Pingback: Onlie Shop Bassetti Plaids Sale
Pingback: clothing manufacturer