पर्वत स्कुलमा बाल दिवस मनाईयो
दिव्य रोशनी(धरान)/ धरान १९ स्थित पर्वत स्कुलले ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरि मनाएको छ।
बुधवार विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुद्धारा गायन तथा नृत्य समेत प्रस्तुत गरिएको थियोर। कार्यक्रममा मञ्जिला स्मृति छात्रवृति कोषका संस्थापक तथा कार्यक्रमका प्रमुख अतिथी हस्तवीर लिम्बुले विद्यालयमा अध्ययनरत ४ जना गरिब तथा जेहेन्दार छात्रछात्रालाई कोषका तर्फबाट जनही नगद १० हजार प्रदान गरेका थिए।
विद्यालयका निर्देशक डा. दिल कुमार लिम्बुले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनका लागी छात्रवृति उपलब्ध गराउनुहुने कोषका संस्थापक हस्तवीर लिम्बु प्रति आभार प्रकट गरे। कार्यक्रममा विविध विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो। निङसाङ लिम्बु र हाङवेन राईकोे संचालनमा रहेको सो कार्यक्रम स्कुल क्यापटेन याजक लिम्बुको सभापतित्वमा सम्पन्न भएको थियो।
Pingback: joka vip room sign up
Pingback: มีตังค์ 168 ทางเข้า ใช้งานได้จริง
Pingback: พลาสติกปูพื้นก่อนเทคอนกรีต
Pingback: AUTO55 ชื่อนี้มีแต่ความสบาย
Pingback: Apple gift card