धरानमा भोली असार २२ देखि भेरोसेल खोपको दोश्रो मात्रा लगाईदै
दिव्य रोशनी (धरान)/ गत जेठ २५ गतेदेखि २७ गतेसम्म धरान उप–महानगरपालिका अन्तर्गत विभिन्न खोप केन्द्रहरुबाट लगाईएको कोरोना विरुद्धको खोप भेरो सेलको दोश्रो मात्रा भोली असार २२ गतेदेखि २३ गतेसम्म लगाइने भएको छ ।
धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आज सोमवार पत्रकार सम्मेलन गर्दै भेरो सेल खोपको दोश्रो मात्रा असार २२ र २३ गते दुई दिन लगाउने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महाशाखा प्रमुख उमेश मेहताले भोली असार २२ गतेदेखी २३ गतेसम्म
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप सञ्चालन हुने बताए। उनले भेरो सेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई मात्र दोस्रो खोप दिइने समेत जनाए। महाशाखा प्रमुख मेहताका अनुसार खोप केन्द्रका लागि धरानको ३ वटा स्थान तोकिएको छ । जसमा धरानको छाताचोक स्थित पुरानो अस्पतालमा रहेको स्वास्थ्य चौकी, धरान १५ श्याम चोक स्थित श्यामचौक सेवा समाजको भवन र धरान १८ स्थित कार्मेल हाईस्कुलमा खोप केन्द्र तोकिएको छ।
स्वास्थ्य महशाखाका अनुसार धरानमा भेरो सेल खोपको पहिलो मात्रा २ हजार १ सय ४४ जनाले लगाएका थिए। यसपटकपनि पहिलेकै मात्रामा मात्र खोप लगाईने भएको छ। यसैगरी धरान २० विष्णुपादुकाका २ सय जनालाई केही समयपछि खोपको दोस्रो मात्रा लगाईने महाशाखा प्रमुख मेहताले बताए । उनले यसअघि जसले जुन खोप केन्द्रबाट खोप लगाएका थिए, उनीहरुले खोप कार्ड लिएर त्यही खोप केन्द्रमा जान पनि सेवाग्राहीहरुमा अनुरोध गरे।
यसैगरी महाशाखा प्रमुख मेहताले गत फागुन २३ गते लगाईएका कोभिड शिल्डको पहिलो मात्रा लगाई दोश्रो खोपको मात्राका लागि पर्खिरहेका व्यक्तिहरुलाई नेपाल सरकारले छिट्टै खोप उपलब्ध गराउने तयारी भईरहेकाले धरान उप–महानगरपालिकाले पनि खोप प्राप्त हुना साथ दोश्रो मात्राको खोप लगाईने समेत बताए।
यसैगरी पत्रकार सम्मेलनमा स्वास्थ्य कार्यालय सुनसरीका कोल्ड चेञ्ज निरीक्षक अधिकृत तारकेश्वर सिंहले सुनसरीमा यसअघि १३ हजार २ सय ३१ जनाले भेरो सेलको पहिलो मात्रा लगाएको जनाकारी दिए। उनले भेरो सेलको दोस्रो खोपको मात्रा लगाएपछि खोप लगाएको ओरजिनल कार्ड पनि प्रदान गरिने बताए। उनका अनुसार खोप लगाईएको कार्डले विदेश यात्रा गर्न पनि सहज हुनेछ।
Pingback: crypto news
Pingback: linh hoang houston
Pingback: richest vietnamese houston
Pingback: minnect expert
Pingback: marfa prada poster
Pingback: italia crop top
Pingback: chanel activewear
Pingback: leo constellation necklace
Pingback: brazil crop top
Pingback: jadore cowboy
Pingback: frenchie chihuahua mix
Pingback: floodle puppies for sale
Pingback: frenchie chihuahua mix
Pingback: frenchie boston terrier mix
Pingback: floodle puppies for sale
Pingback: floodle puppies for sale