शुक्रवार थप ९१९६ जनामा कोरोना संक्रमण पुष्टिः ५० जनाको मृत्यु

(दिव्य रोशनी)/  नेपालमा शुक्रवार थप ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा ९०२३ जना र एन्टिजेन परिक्षणमा १७३ जनागरी ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ हजार ९ सय ५ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ९५ हजार ३ सय ९५ पुगेको छ।
यसैगरी यसैगरी पछिल्लो पटक थप मृतक ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ३ हजार ५ सय ७९ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

टिप्पणीहरू are closed.