सोमवार थप ५५९ जनामा कोरोना संक्रमण पुष्टिः १३ को मृत्यु

(दिव्य रोशनी)/नेपालमा सोमवार थप ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१०५ जनामा गरिएको पीसीआर परीक्षणमा ४९६ जना र ७२७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जना गरी ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले सोमबारदेखि एन्टिजेन परीक्षणलाई पनि संक्रमितको सूचीमा राखेको छ। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर १ सय ३८ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ पुगेको छ।
यसैगरी पछिल्लो २४ घण्टाभित्र रिपोर्ट प्राप्त भएको मतकको संख्या १३ पुगे संगै हालसम्म कोरोना संक्रमणबाट ३ हजार ५३ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

6 thoughts on “सोमवार थप ५५९ जनामा कोरोना संक्रमण पुष्टिः १३ को मृत्यु

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *