नेपाल चलचित्रकर्मी महासंघ १ नम्बर प्रदेशद्धारा जाडोमा न्यानो कपडा बितरण
दिव्य रोशनी(धरान)/ नेपाल चलचित्रकर्मी महासंघ १ नम्बर प्रदेशले विभिन्न आश्रममा रहेका आश्रितहरुको लागी जाडोको न्यानो कपडा बितरण गरेको छ ।
चलचित्रकर्मीहरुले आज शनिवार धरान ३ स्थित सरस्वती बाल आश्रम, मायाघर ईटहरि र मानव सेवा आश्रम बिराटनगरमा रहेका आश्रितहरुलाई न्यानो कपडा बितरण गरेको नेपाल चलचित्रकर्मी महासंघ १ नम्बर प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले जानकारि दिए। जसमा सरस्वती बाल आश्रममा आश्रित ३० बालबालिकालाई, मायाघर ईटहरिमा आश्रीत ११० जनालाई र मानव सेवा आश्रम बिराटनगरमा आश्रीत १४० जनालाई जाडोको न्यानो कपडा बितरण गरिएको हो।
कार्यक्रममा अध्यक्ष प्रधानले विविध सामाजिक कार्यहरु गर्दे आईरहेको सन्दर्भमा यस्ता कार्यहरुले महासंघलाई अझ क्रियाशिल भई अगाडी बढ्न मद्धत मिल्ने बताए।

तीनै स्थानमा बितरण गरिएको सो कपडाको प्रायोजक अर्थात दाता ईनास (य.ु के.) परिवार र प्रतिभा नक्षत्र परिवार (यु. के) रहेको आयोजक नेपाल चलचित्रकर्मी महासंघ , प्रदेश १ ले जनाएको छ। उक्त कार्यक्रममा नेपाल चलचित्र महासंघका महासचिव दिनेश कोईराला, सल्लाहकार प्रेम सुब्बा, चलचित्र निर्माता हस्त लिबाङ, कलाकारहरु हिमाल दाहाल, मिलन सुबेदी, सत्रुधन अन्सारी, बिजय संयोग सुब्ब्बा, बिनोद श्रेष्ठ तथा सरस्वती बाल आश्रमकि उपाध्यक्ष रुक्मिनी मास्के लगायतको उपस्थित रहेको थियो।
Pingback: Dropbox URL Shortener