राष्ट्रिय गायक द्विप श्रेष्ठको जन्मदिनमा सरप्राईज बर्थ डे

दिव्य रोशनी(धरान)/ राष्ट्रिय गायक द्विप श्रेष्ठको धरानमा जन्मदिन मनाईएको छ।
आज धरानमा एक कार्यक्रम माझ गायक श्रेष्ठको जन्मदिन मनाईएको हो। धरानमा सम्पन्न एक कार्यक्रममा विशेष अतिथीको रुपमा आएका गायक श्रेष्ठको सरप्राईज बर्थ डे मनाइएको हो । कार्यक्रममा धरानका किरण श्रेष्ठले सरप्राईज बर्थ डे केक प्रदान गरेका थिए।


गायक श्रेष्ठलाई बर्थ डे केक काट्न धरान उप–महानगरपालिकाका नगर प्रमुख तिलक राईले सघाएका थिए। नगर प्रमुख राईले श्रेष्ठको जन्मदिनको शुभकामना व्यक्त गर्दै गायक श्रेष्ठको दिर्घायु र उत्तरोत्तर प्रगतीको कामना गरेका थिए।
कार्यक्रममा महिला सञ्जाल धरानका अध्यक्ष चेतना श्रेङ, याक्थुङ सिंगक फाउण्डेसनका अध्यक्ष मिना सिंगक, होप धरानका अध्यक्ष निश्चल पलिखे समेतको उपस्थिति रहेको थियो।

टिप्पणीहरू are closed.