‘डान्सिङ विथ दि स्टार्स नेपाल’ को उपाधी सुबिजु जोडीलाई

दिव्य रोशनी/ ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ को उपाधी सुमी मोक्तान र विजु पार्कीले जितेका छन्।
शनिबार बेलुकी सम्पन्न फाइनलमा दर्शकको सर्वाधिक धेरै मत प्राप्त गर्दै सुमी मोक्तान र बिजु पार्की (सुबिजु) को जोडीले उपाधी हात पार्दै नगद २० लाख जिते।
प्रतियोगितामा बुद्ध लामा र केविका खत्री (बुद्धिका)फस्ट रनरअप भएभने प्रियना आचार्य र सुभम् भुजेल(प्रियम)को जोडी सेकेन्ड रनरअप बने। नेपालमा पहिलो पटक ल्याईएको फ्रेन्चाईज शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ मा १२ जना प्रतिस्पर्धीहरु स्टार्स र उनीहरुको कोरियोग्राफर पार्टनरले सहभागीता जनाएका थिए । फिनाले प्रतियोगितामा अन्य स्टार प्रतिस्पर्धी र विभिन्न कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए।


गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई निर्णायक रहेको यस शो हिमालय टेलिभिजनबाट हरेक हप्ता शुक्रबार र शनिबार प्रशारण हुँदै आएको थियो।

1,292 thoughts on “‘डान्सिङ विथ दि स्टार्स नेपाल’ को उपाधी सुबिजु जोडीलाई

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *