सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा गोपाल श्रेष्ठ निर्वाचित
दिव्य रोशनी(धरान)/ सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा गोपाल श्रेष्ठ निर्वाचित भएका छन् ।
आज मंगलवार भएको मतगणनामा प्रतिद्धन्द्धी शिवराज श्रेष्ठलाई ९ सय ५८ मतको फराकिलो अन्त्रले पछि पार्दै अध्यक्षमा गोपाल श्रेष्ठ निर्वाचित भएका हुन्। नवनिर्वाचित गोपाल श्रेष्ठले १ हजार ६ सय ५ मत प्राप्त गरेका थिएभने प्रतिद्धन्द्धी शिवराज श्रेष्ठले ६ सय ४७ मत प्राप्त गरेका थिए।
यसैगरी उद्योग सदस्य तर्फ विष्णु बरालले ५ सय ५०, महेन्द्र प्रधानले ५ सय ४६, प्रभाव खतिवडाले ५ सय ३ र कृष्ण प्रसाद पाठकले ४ सय ८१ मत प्राप्त गरि निर्वाचित भएका छन्। त्यस्तै सोही पदका लागि उमेश अग्रवालले २ सय १३, खड्ग बहादुर बस्नेत (राजु)ले २ सय १६ र शिवानन्द साहले २ सय ६१ मत मात्र प्राप्त गरि पराजित भएका छन्।
यसैगरी वाणिज्य सदस्य तर्फ नवीन राज भण्डारीले ९ सय २९, अमित अग्रहरीले ९ सय १, शैलेस कुमार आचार्य(प्रमोद)ले ८ सय ९९, राम स्वरूप शर्माले ८ सय ६३, ,जयप्रकाश शर्माले ८ सय ५१ , विवेक अग्रवालले ८ सय ४०, शशी साहले ८ सय २० र किसन मास्केले ७ सय ८५ मत प्राप्त गरेर निर्वाचित भएका छन्भने सोही पदका प्रतिद्धन्द्धी सीताराम आचार्यले ५ सय २७, सागर प्रसाईले ४ सय ८६, उपेन्द्र चाम्लिङले ४ सय ८१, अर्जुन श्रेष्ठले ४ सय १, चन्द्रबहादुर सुवेदीले २ सय ९० र कृष्ण ठाकुरले २ सय ६० मत मात्रै प्राप्त गरि पराजित भएका छन्।
त्यस्तै एसोसिएट तर्फ ललित अग्रवालले १ सय १७, राजेश अग्रवालले ८० र राजु साहले ७५ मत प्राप्त गरेर निर्वाचित भएका छन्भने सोही पद तर्फ अशोक जैनले ६२ र मनिष अग्रवालले ५९ मत मात्र प्राप्त गरि पराजित भएका छन्।
यसैगरी वाणिज्य महिला तर्फ वर्षा अग्रवाल (श्रेष्ठ) ले ८ सय ८० मत प्राप्त गरी निर्वाचित भएकी छिन्भने उनका प्रतिद्वन्द्वी ममता शाक्यले ४ सय ५३ मत मात्र प्राप्त गरि पराजित भएकि छिन््।
उद्योग महिला तर्फ मिना राई (मगर) र वस्तुगततर्फ नवीन कुमार तामाङ र नारायण लिम्बू निर्विरोध निर्वाचित भएका थिए।
यहि असार ३० गते भएको सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा २ हजार ९ सय ७ मत मध्ये २ हजार ३ सय ३९ मत खसेको थियो।