“मेरो डान्स युनिभर्स” को फाईनल प्रस्तुती दिन युडिए काठमाण्डौ प्रस्थान

दिव्य रोशनी(धरान)/ टिभी रियालीटी शो “मेरो डान्स युनिभर्स” को दोस्रो श्राृंखलामा आफ्नो फाईनल प्रस्तुति दिन धरानको युनाइटेड डान्स एकेडेमी काठमाडौं प्रस्थान गरेको छ।
शुक्रवार धरान १९ स्थित पर्वत बोर्डिङ स्कुलको प्राङ्गणमा धरान १५ का वडा अध्यक्ष नरेश इवारामद्वारा नृत्य टोलीलाई शुभकामनाका साथ बिदाई गरिएको थियो। बिदाई कार्यक्रममा प्रमुख अतिथी वडाअध्यक्ष ईवारमले कोशी प्रदेशबाट प्रतिनिधीत्व गर्दै गएको टोलीलाई विजयीको शुभकामना दिए।उनले कोशी प्रदेस संस्कार, संस्कृतिमा नै पहिलो भएकाले लिम्बु संस्कृतिको नृत्य पनि उत्कृष्ट नै हुने दावी गरे।


असार ३ गते हुने फाईनल प्रतियोगितामा आफ्नो प्रस्तुति दिन ३६ जनाको टोली शनिवार काठमाडौ प्रस्थान गरेका छन्। फाइलन प्रस्तुतिका लागि प्रतियोगितामा उनीहरुले लिम्बु संस्कृतिको “केलाङ” नृत्य प्रस्तुत गर्ने युनाईटेड डान्स एकेडेमीका डाईरेक्टर सन्तोष तामाङले बताए।
“मेरो डान्स युनिर्भस” मा निर्णायकको रुपमा अभिनेत्री मिथिला शर्मा, अभिनेता दिलीप रायमाझी, नृत्य निर्देशक शंकर बिसी, किरण थापा र अभिनेत्री शिल्पा मास्के छन्।
प्रतियोगिताका बिजेताले एक करोड, उपबिजेताले २० लाख र दोस्रोले १० लाख रुपैयाँसँगै अन्य विभिन्न पुरस्कार प्राप्त गर्नेछन्।
उक्त बिदाई समारोहमा धरान १९ का वडा सदस्य देउमान ताप्मादेन, पर्वत स्कुलकी डाईरेक्टर भिष्मा चेम्जोङ तथा समाजसेवी रविना सुब्बा गुरुङ समेतको उपस्थिति रहेको थियो। (दिव्य रोशनी साप्ताहिकबाट)