प्यालेस्टाइनको गाजामा नर संहार
इजरायली सरकारले गाजाको सबै क्षेत्रमा कब्जा जमाउन थालेको छ। ट्रम्पको सल्लाह अनुसार गांँजामा भएका नागरिकहरुलाई अर्को क्षेत्रमा स्थान्तरण गर्नु पर्दछ। अनी मात्र हमासलाई समाप्त पार्न सजिलो हुनेछ। भोकमरीले ग्रस्त गाजामा राहत सामाग्री पनि निर्वाध ढंगबाट वितरण गर्न दिएको छैन इजरायलले। भोकमरीबाट ग्रस्त गाजा क्षेत्रमा खाद्यान्न वितरणमा रोक लगाउने र अन्तराष्ट्रिय दबाव आए आंशिक खाद्यान्न वितरण गर्न छुट दिने इजरायली नितीको क्यानाडा, फ्रान्स र व्रिटेनले घोर भत्र्सना गरेका छन्। दिनहुँ हुने बमबारीले गाजा निवासी आम नागरिक आफ्नो ज्यान बचाउन कहाँ जाने बडो समस्या खडा भएको छ। यस्तो विषम परिस्थीतीमा प्यालेस्टाईन जनता माथि दिनहु बमबारी र हत्या भइरहँदा पनि इजरायलको नरसंहार गर्ने काम कारवाहीलाई रोक्ने प्रयास अरब देशहरुबाट प्रभावकारी ढंगबाट हुन सकेको छैन। इजरायली सेनाले गरिरहेको नरसंहारलाई रोक्न र प्यालेस्टाइनी जनताको स्वतन्त्र राज्य स्थापना गर्ने संघर्षलाई शसस्त्र बनाउन अरब देशहरुमा एकता जरुरी छ। अमेरिकी संरक्षणमा इजरायली सेनाले गर्ने नरसंहार रोक्न अमेरिका विरुद्घ राजनैतिक, दबाव दिने वातावरण तयार अरब देशहरुले गर्न सकेको छैन। अमेरिका सँग व्यापार साथै सैनिक हातहतियार नकिन्ने, तालिम प्रसिक्षण नगर्ने प्रतिवद्घता व्यहारमा कार्यान्वयन हुन पर्दछ। ट्रम्पले गरेको साउदी अरबमा ३०० मिलियन डलरको व्यापार सम्झौता अन्तरगत विज्ञान प्रविधि हातहतियार खरीद विक्री समेत पर्दछ। यसरीनै कतार सँग १/२ ट्रिलियन डलरको सम्झौता ट्रम्पले गरेका छन्। त्यस बखत ट्रम्पसँग अरब नेताहरुले गाजामा भएको नरसंहारबारे आफ्नो प्रष्ट धारणा राख्न सकेनन्। ट्रम्पले इजरायल लाई हमाससँग शान्ती वार्ता गर्न पटक पटक दबाव पनि दिन्छन् र हमास र इरानलाई समाप्त पार्न सैनिक हमला गर्न सव्रिय हुन पनी आदेश दिन्छन्। ट्रम्प एक कुशल व्यापारी भएकोले अमेरिकी हितमा जे गर्न पनि तयार छन्। ट्रम्पले साउदी अरब र कतारलाई तर्साएर ठुलो धनराशीको व्यापार सम्झौता गर्न बाध्य बनाए। ट्रम्पले चिनिया वस्तुहरु लाई अमेरिकी बजारमा व्यापार गराउन १३५ प्रतिशत भन्सार शुल्क लगाए पछि विश्वव्यापी आर्थिक तरंग उत्पन्न भयो। अमेरिका स्वयंले ठुलो व्यापारिक घाटा व्यहोर्नु पर्ने परिस्थिती उत्पन्न भयो। पुनः परिस्थितिले बाध्य भएपछि चिनले पनि अमेरिकी वस्तुहरुमा भन्सार महशुल वृद्घि गर्ने घोषणा गरे र आफ्नो उत्पादनलाई भियतनाम, कम्पुचिया लाओस र एशियान मुलुकहरुमा व्यापार बिजनेस गर्ने निर्णय गरे पछि ट्रम्प पुन चिनिया सामानमा भन्सार महशुल घटाउन राजी भए।
ट्रम्पले APPLE मोबाइल भारतमा निर्माण नगर्न Tim Cooke Apple का व्यवस्थापकलाई आदेश दिए र अमेरिकामा निर्माण नगरे भन्सार शुल्क वृद्धि गर्ने घोषणा गरे। नरेन्द्र मोदी सरकारको अमेरिका संगको राजनैतिक, कुटनैतिक सम्बन्धमा नै चिसो पन उत्पन्न भएको छ। ट्रम्पको दादागिरीले भारतीय अर्थ व्यवस्थालाई नराम्रो प्रभाव पार्ने निश्चित छ। भारत विश्व अर्थव्यवस्थाको चौंथो नम्बरमा आउने प्रयास गरिरहेको समयमा अमेरिका र पश्चिमी NATO देशहरुसँग आर्थिक सैनिक सम्बन्ध हितमा प्रतिकुल असर गर्ने सम्भावना बढेर गएको छ। भारतको रुससँगको धनिस्ट सम्बन्ध कमजोर भएको छ। अमेरिकी तथा पश्चिमी देशमुखी नीतिले गर्दा रुस सँग ९७ प्रतिशत रक्षा व्यापार घटेर ३७ प्रतिशतमा झरेको छ। १९६५ र १९७१ भारत पाक युद्घमा रुसले भारतलाई साथ दिएको रक्षा व्यापार अटोमोवाइल स्टिल उद्योग र निब्र्याजी करौडौ ऋण र हजारौं भारतिय विद्यार्थीहरुलाई रुसमा निःशुल्क छात्रवृत्ति प्रदान गरेर भारतलाई आत्मनिर्भर बनाएको यो समय हाल बिजेपी नेताहरुले रुसले गरेको सहयोग बिर्सिए। भारत इन्डोप्यासिफिक रक्षा नीतिको अमेरिकी जालोमा फसेको छ। दक्षिण पुर्वी एशियामा अमेरिकी सैनिक प्रभुत्वलाई भारतले प्रत्यक्ष सहयोग गर्दै आएको छ। भारतिय वि.जे.पी सरकार पनी प्यालेस्टाइन स्वतन्त्रताको पक्षमा वक्तब्य जारी गर्दछ तर इजराइली नरसंहार को घोर निन्दा गर्न चाहदैन। त्यसको मुल कारण NATO सम्बद्ध देश र अमेरिकाको सर्मथन भारतलाई निरन्तर रहोस् भन्ने चाहान्छ। भारतले रक्षा उद्योगमा सफलता हासिल गरेको छ। भारतमा उत्पादन भएका मिसाइलहरु १५ देशमा निर्यात हुन्छ । पश्चिमी देशहरु पनि भारतिय हातहतियार आयात गर्न उत्सुक छन्। प्यालेस्टाइन स्वतन्त्रता र इजरायली नरसंहारलाई रोक्न भारत, चिन, रुस तथा अरु देशहरुले नयाँ मोर्चा गठन गरेर इजरायल सँग कुटनैतिक, राजनैतिक व्यापारीक सम्बन्ध विच्छेद गर्नु पर्दछ अनि मात्र इजरायलको नर संहारवादी कृयाकलापलाई रोक्न सकिन्छ। हमासको नाममा गाजा क्षेत्रमा इजरायली नरसंहार र भोकमरी को अवस्था उत्पन्न भएको छ । नेपाल सरकाले गाजा क्षेत्रमा इजरायली सेनाले गरेको नरसंहार र भोकमरीको विरुद्ध संयुक्त राष्ट्रसंघमा कडा भत्र्सना गर्ने प्रस्ताव छलफलमा ल्याउन सकेको छैन।
विम्स्टेकमा आवद्घ देशहरु मध्ये दक्षिण अफ्रिकाले राष्ट्रसंघ सुरक्षा परिषदमा प्यालेस्टाइन स्वतन्त्रता राज्यको पक्षमा र इजरायली नरसंहार विरुद्घ पटक पटक छलफल र प्रस्ताव पारित गरायो तर राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्तावलाई अमेरिकाले भिटो प्रयोग गरेर प्रस्तावको कार्यन्वयन भएन। दिनँहु गाजा क्षेत्रमा बमबारीबाट निर्दोष नागरिकहरुको हत्या हुन्छ र भोकमारीबाट हजारौं नागरिक ग्रस्त छन्। तर पश्चिमी साम्राजयबादी मुलुकहरु रमिते भएका छन्। पश्चिमा NATO मा आवद्घ देशहरुको प्रतिकुल कुनै राजनैतिक प्रस्ताव पारित भए मानव अधिकारको हनन् भएको व्यापक प्रचार पश्चिमी मिडियाले निरन्तर गरिरहेका छन्। तर प्यालेस्टाइनमा NATO गठबन्धन केवल हमासको अपराधलाई मात्र प्रमुखता दिने र हमासको सामुमा ५५ हजार निर्दोष नागरिकहरुको हत्याबारे कुनै संवेदना र ठोस निर्णय गर्न चाहदैन। गाजामा हमासलाई समाप्त पार्ने बहानामा इजारायलले गरेको नरसंहारलाई ट्रम्पले समर्थन र आवश्यक सैनिक राजनैतिक सहयोग गर्ने प्रतिवद्घता व्यक्त गरेका छन्। प्यालेस्टाइन स्वतन्त्र राज्यको स्थापना र इजरायली नरसंहारलाई रोक्न विम्स्टेक सँग आवद्घ देशहरुले इजरायल सँग राजनैतिक, कुटनैतिक सम्बन्ध बिच्छेद गर्नु पर्दछ।
भोकमरी ग्रस्त गाजा क्षेत्रमा राहत र खाद्यान्न वितरण गर्न इजरायलले अमेरिकी कम्पनिलाई ठेक्का दिएको छ र व्यवस्थित ढंगले अमेरिकी कम्पनिले खाद्यान्न राहत वितरण गर्न नसक्दा भिडको घुईचोले राहत लिन आएका गाजा क्षेत्रका ४ जाना प्यालेस्टाइनी जनताको मृत्यु भयो। राहत वितरणको भिडलाई हटाउन इजरायली सेनाले गोली प्रहार गर्यो। उक्त घटनालाई युरोपियन युनियनले पनि घोर निन्दा गरेको छ। अराजक र संकाहा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्यालेस्टाईन जनतालाई हमासको नाममा दमन गर्ने र इजरायली नरसंहारलाई समर्थन गर्ने नीतिले विश्वशाान्तीलाई खतरा उत्पन्न गरेको छ। ट्रम्पको अराजक सोंच र व्यवहारको विरुद्घ विश्वभरका शान्तीका पक्षधर र न्याय प्रेमी जनताले निरन्तर विरोध गरिरहेका छन्। (धरान १६ जनपथ) (दिव्य रोशनी साप्ताहिकबाट)