कमजोरलाई सधै लखेट्ने कस्तो हाम्रो समाज ?

–लोकराज निरौला/
मानव उत्पत्तिको आदिमकालमा पनि समूहमै बस्थे त्यस कालमा मानवले हावा, हुरी, चट्याङ्ग, बाढी, पहिरो भुकम्प र आफ्ना परिवारका सदस्यहरुको मृत्यु जस्ता प्राकृतिक घटनाहरुबाट बारम्बार दुःख कष्ट पाउदा यो लोकलाई सञ्चालन गर्ने कुनै अलौकिक शक्ति छ कि भन्ने कल्पना गरेर अदृष्य शक्तिलाई मान्ने पुज्ने खानेकुराहरु चढाउने गर्न थाले पछि नै ईश्वर भन्ने काल्पनिक शक्तिको उदय भएको पाइन्छ । त्यही बेला देखि मानिस समूह समाजमा रहदै आएको छ ।
जब मानिस आदिम ढुङ्गे युगबाट दास युगमा प्रवेश गरे पछि त्यहा“ निजि परिवार निजि सम्पत्ति राख्ने प्रचलन शुरु भए पछि उत्पादनका प्राकृतिक श्राँेत साधन माथि तेरो मेरोको भावनाको विकास हुदा मानव समुदायमा शक्तिशालीहरुले कमजोर वर्गलाई दबाउने श्रम र यौनको शोषण गर्ने, आÏनो सेवा र सुविधाको लागि उपयोग गर्ने गरेको पाइन्छ । दास युगबाट सामन्तवादी युग सम्म आई पुग्दा मानिसले कल्पना गरेको ईश्वर परमेश्वरले मानवको मस्तिष्कमा दरै जरो गाड्यो राजा, रजौटा, साशक, सम्भ्रान्त, सामन्त वर्गले धर्म र इश्वरलाई हतियार बनाएर कमजोर र उत्पिडित वर्गलाई पाप, पुन्य, स्वर्ग, नर्क, पुर्नजन्म, पूर्व जन्मको फल जस्ता सन्त्रास पैदा गरेर शोषण दमन गर्न कमजोर लाई खेद्ने प्रचलनको विकास भएको हो र यो यथावत नै छ ।
मानव समाजमा प्राकृतिक र मानव सृजित दुई प्रकारका घटना र प्रवृत्तिहरु हुने गर्दछन । वर्षा, बाढी, पहिरो, हावा, हुरी, चट्याङ्ग, भुकम्प, ग्रह गतिबाट उत्पन्न समयको हेर फेर र जाडो–गर्मी, यौन–प्रजनन, मृत्यु यी सबै प्राकृतिक क्रिया घटना प्रवृत्तिहरु हुन । राज्य व्यवस्था, युद्ध, हात हतियारको उत्पादन, झै–झगडा, मेशिन सवारी दुर्घटना अखाद्य वस्तु सेवनबाट हुने नोक्सानी आत्महत्या, जाती वर्ग, लिङ्गको विभेद, धर्म परम्परा संस्कार संस्कृति, विज्ञान, प्रविधिको विकासबाट उत्पन्न हुने घटना, दुर्घटना, कला, साहित्य शिक्षा यी मानव सृजित कर्म घटना र प्रवृत्ति हुन ।
राज्य समाज र मानिसले अनेक नियम कानुन विधि विधान, आचार संहित, धार्मिक विधान लगाएर मानव सृजित घट्ना प्रवृत्तिलाई नियन्त्रण निषेध गर्न सक्छ तर प्राकृतिक बाट सृजित घटना प्रवृत्तिलाई केहि हद सम्म नियन्त्रण गर्न सके पनि नियन्त्रण गर्न सक्दैन । जस्तै राज्यले चोर डाका ज्यानमारालाई जेलमा भुनेर कडा दण्ड सजाय दिएर नियन्त्रण र निषेध गर्न सक्छ सो सम्बन्धी कानुन परिवर्तन गर्न सक्छ । मानवका सृजना गतिविधि रोक्न निषेध गर्न सक्छ तर प्राकृतिक घटनाबाट हुने वर्षा बाढी पहिरो रोक्न निषेध गर्न सक्दैन महिला र पुरुष बिच हुने यौन सहवासलाई व्यवस्थित र मर्यादित बनाउन धार्मिक सामाजिक नियम लगाएर केहि हद सम्म नियन्त्रण गर्न सक्छ तर यौन सहवास नै निषेध गर्न यौन सहवास पछि १० महिनामा पैदा हुने शिशु जन्मने नियमलाई बदल्न वा निषेध गर्न सक्दैन ।
अहिले हाम्रो समाजका बौद्धिक आर्दशवादीहरु कट्टरपन्थी पाखण्डीहरु एकै प्रकारको सोच्ने र लागु गर्ने प्रयत्न गर्न खोज्छन जसले समाजमा एक किसिमको अन्यौलता पैदा गरेको छ । समाजमा मानविय विभेद खडा गरेको छ । समाजका केहि आर्दशवादी धर्म परम्परावादीहरु मानिस गरीब हुनु रोगी हुनु कुनै घटना दुर्घटनामा मृत्यु हुनुलाई समेत उसको पुर्व जन्मको कर्मको फल उसको स्वभाव र चरित्रको पाप भन्दै समाजमा घृणा र विभेद गर्दछन । प्राकृतिक नियम र घट्नालाई आÏनो स्वार्थ र चिन्तन अनुसार व्यख्या गर्दछन यस्ताको निर्णयलाई हामी सामाजिक चलन नियम भनेर स्वीकार गर्छौ र गर्दै आएका छौ । समाजले प्रचलित धार्मिक सामाजिक मान्यता र प्रचलन विरुद्ध जाने र जानेर नजानेर सामान्य कम्जोरी गर्नेलाई जीवनमा कहिल्यै उठ्न नसक्ने गरी खेद्न खोज्छ । कमजोर परिस्थितिको मौका छोपेर नै समाजले खेद्ने गरेको हुन्छ ।
हाम्रो मानव समाज प्रचलित पुरानो मान्यताको विरुद्ध जानै हुदैन भन्ने आर्दशवादी कट्टरपन्थीहरुको मान्यता हुन्छ । यहा“ पुरुषले कण्डम किन्दा केहि हुदैन महिलाले कण्डम किनेको कुरा समाजमा थाहा हुदा केहि वर्ष अगाडी एक जना क्याम्पसकी प्राध्यापकले जागिर नै छोड्नु प¥यो । हामीले हाम्रा वितेका आफन्तजनको किरिया संस्कार म आÏनो तरीकाले बार्छु, गर्छु भन्न पाइदैन तिनै समाजका आर्दशवादी कट्टरपन्थीहरुले भने बमोजिम गर्नु पर्छ यदि यसो गरेन भने उनीहरुबाट हामी सामाजिक बहिष्कारमा पर्छौ । राज्यले जातीय छुवाछुतको अन्त्य कानुन त गरि सकेको छ तर त्यही पुरानो सामाजिक मान्यता यथास्थितिवादी कुपमण्डक हरुको कारण समाजमा जातीय छुवाछुतको विभेद र हिंसा कायमै छ । कतिपय बाबु आमाले अन्तरजातीय विवाह गरेर गएकी छोरीलाई माइत बोलाउन चाहेर पनि आÏनै नाता गोता समाजले तिरस्कारको डरले कतिले बोलाउन सकेका छैनन भने पछि विचार गरौ हाम्रो समाज र आर्दशवादीहरुको सोच कति अपराधी छ । त्यसबाट थाहा हुन्छ की हामी समाजले न्याय दिन्छ भनेर भ्रममा परिरहेका छौ भनेर अहिले पनि छोरीलाई आÏना बाबु आमाको किरिया संस्कार गर्न समाज र कट्टरपन्थी ब्राम्हणहरुले आर्य खस समुदायमा स्वीकार गरी रहेका छैनन । तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन हुदा धेरै मानिसले उनीहरु चाही बाची रहने जस्तै गरेर जनयुद्धमा मान्छे मारेको पाप कराएको भने, अहिले कथित आर्दशवादी समाजका धुर्तहरु आफु चाही दुधले नुहाएको जस्तो गरेर सहमतीमा भएको महिला पुरुष बिचको सहबासलाई पनि उछालेर न्वरान देखीको बल निकालेर तिललाई पहाड बनाएर महिला पुरुष दुवैको हुर्मत लिन उदृत छ । यो प्राकृतिक सामान्य नियन्त्रण गर्न सक्छ निषेध गर्न सक्दैन । राजनितिमा त्यत्रो अध्ययन त्याग संघर्ष गरेर आएका पूर्व सभामुख कृष्ण बहादुर महरालाई यसरी नै सिद्धियाइयो ।
आजभन्दा १९ वर्ष अगाडी यो पङतीकारको विवाहको कुरा चल्दा केहि केटीहरु उच्च घरनाका परे केटीले माने पनि अभिभावक नाता गोताले सहज रुपमा स्वीकार गर्न सकेनन केहि साथीहरुले भगाउ“ भन्नु भयो मैले यो लफडा नगरौ भने । समान घरनाबाट दिएका केटिहरुको उमेर झण्डै १५ वर्ष अन्तर थियो । यति ठूलो उमेर अन्तरमा विवाह नगरौ भनियो । केहि समय पछि छिमेकी टोलकै एकल महिला स“ग मागेर मागी विवाह गरेपछि प्रगतिवादी लेखक अरुण बराल लेखक पशुपति घिमिरे, शिवकुमार राई धेरै लेखक पत्रकारहरुले लेख समाचार लेख्नु भयो, प्राध्यापक शिक्ष्ँकहरुले उदाहणिय र परिवर्तनीय कार्य गर्नु भयो भनेर बधाई दिनु भयो । एकल महिला समूह धरानकी तत्कालिन सचिव सविता राईले खोज गरेर समूह द्धारा सम्मान गरियो त्यति बेला आÏनै गाउ“ टोलका मानिसहरु केहि नाता गोताका मानिसहरु के भनी रहेका थिए भने पढेको मान्छेको बुद्धि हुदैन रहेछ कन्या केटा भएर विधुवा विहे गर्ने भन्दै थिए । अहिले १९ वर्षको अन्तरालमा धेरै कुरा काटेर थाकी सकेका छन । कोहि अस्थायी पनि सके कोहि–कोहि अझै थाकेका छैनन तर हामी टेरेका छैनौ । यो मेरो निजि जीवनको भोगाई र अनुभव हो । इटहरीका प्रगतिशील लेखक एवंम प्राध्यापक बद्री बिशाल पोख्रेलले आÏना दिवंगत पिताको किरिया संस्कार ७ दिन मात्र बार्ने भनेर विद्रोह गर्दँ त्यही समाज र आफन्त नाता गोताको तारो बन्नु प¥यो । २०४६ सालको जन आन्दोलनबाट बहुदलिय ब्यवस्थाको पुर्नस्थापना नहुदा सम्म त समाजमा गरीब कमजोर र दलित समुदायका मानिसलाई अगाडी बढाउनु पर्छ । अवसर दिनु पर्छ । भैइपरी आउदा सहयोग गर्नु पर्छ भन्ने सोच समेत समाजमा थिएन सहयोग गर्ने संघ संस्थाहरु पनि थिएनन । कोहि कसैले एक माना अन्न चामल वाहेक केहि दिदैन थिए । त्यस्तो बेलामा यो समुदाय कसरी बाच्यो होला ।
अहिले कोभिड–१९ कोरोना भाइरस संक्रमणको महामारीमा हाम्रो आर्दशवादी स्वार्थी समाजका केहि मानव रुपी जनावरहरु अप्ठयारो परिस्थितिमा कमजोर ठानेर डाक्टर, नर्स, सेना, प्रहरी र सरकारलाई नै खेदन थालेको छ । डाक्टर नर्स सुरक्षाकर्मी लाई जागिर छोड्न दवाव दिने डियुटीबाट आÏनो घर डेरामा आउन नदिने वा दुव्र्यबहार गर्ने रोग सार्न आइस भनेर मानिसलाई गाली गलोज गर्ने जस्ता हर्कतहरु शुरु भई सकेका छन । आÏना छोरा–छोरी पढेर डाक्टर नर्स राष्ट्रसेवक कर्मचारी वकिल, इन्जिनियर बनुन भन्ने आकक्षा राख्ने तर आज अप्ठयारो परि स्थिति आउदा तिनै अग्रभागमा बसेर ज्यान जोखिममा राखेर सेवा गर्नेहरुलाई खेद्ने उनीहरुलाई निरुत्साहित गर्ने हाम्रो समाज कस्तो होला ?

267 thoughts on “कमजोरलाई सधै लखेट्ने कस्तो हाम्रो समाज ?

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *