गोधुली फुटबल रनिङकपः धरान ६ नं वडा क्वाटरफाईनलमा

दिव्य रोशनी(धरान)/ गोधुली फुटबल रनिङकप अन्तर्गत भएको सातौं दिनको खेलमा धरान १० नं वडालाई पराजित गर्दै ६ नं वडा क्वाटर फाईनलमा प्रवेश गरेको छ।
बुधवार राती धरान रंगशालामा भएको खेलमा धरान १० नं वडालाई ० का विरुद्ध ४ गोलले पराजित गर्दै धरान ६ नं वडा क्वाटरफाईनल खेलमा प्रवेश गरेको हो। खेलमा धरान ६ का तर्फबाट शन्देस राईले पहिलो हाफको १३ औं र १९ मिनेटमा गोल गरेका थिएभने सुवास राना मगरले १८ औं र ईमान मगरले ५० औं मिनेटमा गोल थिए। खेलमा धरान ६ का शन्देस राई म्यान अफ दि म्याच घोषित भए। उनले नगद १५ सय हात पारे।
विहवारको पहिलो क्वाटरफाईनल खेल धरान १३ नं वडाका विरुद्ध १५ नं वडाका बिच हुने आयोजक संस्थाका उपाध्यक्ष सतिस केसीले बताए।


प्रतियोगितामा धरानका २० वटा वडामध्ये २ र ७ नं वडाले सहभागिता जनाएका छैनन्। प्रतियोगिताका विजेताले नगद १ लाख ५० हजार सहित रनिङ ट्रफि प्राप्त गर्नेछन्भने उपविजेता टिमले नगद ७५ हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछन्। यसैगरी विजेता तथा उपविजेता टिमलाई धरान १८ नं वडाका वडाअध्यक्ष नरेन्द्र कुमार राई (प्रविन) द्धारा थप २५/२५ हजार प्रदान गरिने भएको छ। यसैगरी प्रतियोगिताका व्यक्तिगत पुरस्कारहरुमा वेस्ट प्लेयरले नगद १५ हजार, हाईस्कोररले नगद ७५००, बेष्ट डिफेण्डर, म्यानअफ दि म्याच, बेष्ट गोलकिपर, बेस्ट कोच, बेस्ट स्ट्राईकर, राईजिङ प्लेयर र बेस्ट मिडफिल्डरले जनही ५५०० प्राप्त गर्नेछन्।
कुल अनुमानित बजेट २४ लाख १८ हजार ३ सय ३५ रुपैया रहेको सो प्रतियोगिताको समापन समारोहमा १ जना उत्कृष्ट पत्रकारलाई सुवास राई स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ। हालसम्म गोधुली रनिङकप धरान १९ नं वडाले सर्वाधिक ६ पटक जितिसकेको छभने ८ नं वडा र १७ नं वडाले ४/४ पटक जितेको छ।
२५ औं संस्करणमा आईपुग्दा क्लवले धरान नै पहिलो पटक रात्रीकालिन फुटबल खेल संचालन गरिरहेको छ।