९ औं हराईजन बास्केटवल रनिङ कपः मोरङ र बिशाल मिलन केन्द्र विजयी

दिव्य रोशनी(धरान)/ ९ औं हराईजन बास्केटवल रनिङ कप अन्तर्गत आईतवार भएको खेलमा मोरङ र बिशाल मिलन केन्द्र काठमाण्डौले जित हासिल गरेको छ।
धरान १७ स्थित श्री माध्यमिक विद्यालय परिसरको बास्केटवल कोर्टमा आईतवार भएको पहिलो खेलमा मोरङले झापालाई ८३–७१ स्कोरले हराउदै जित हासिल गरेको हो। मोरङले खेलको पहिलो क्वाटरमा २५–०८, दोस्रो क्वाटरमा २०–१९, तेस्रो क्वाटरमा २०– ११ र चौथो क्वाटरमा १८–३३ स्कोरले झापालाई हराएको थियो। जितसंगै मोरङले ३ अंक बटुलेको छ। खेलको म्यान अफ द म्याच मोरङका मनिष तामाङ घोषित भए। उनले नगद ५ हजार सहित मेडल हात पारे ।
यसैगरि आईतवार नै भएको दोस्रो खेलमा बिशाल मिलन केन्द्र काठमाण्डौले धरान हरियो टिमलाई ७८–६३ को स्कोरले हराउदै महत्वपूर्ण ३ अंक बटुलेको छ। खेलमा बिशाल मिलन केन्द्र काठमाण्डौले धरान हरियो टिमलाइ पहिलो, दोस्रो, तेस्रो र चौथो क्वाटरमा १४–१०, २४–१६, २६–१२ र १४–२५ स्कोरले हराएको थियो। खेलको म्यान अफ द म्याच धरान हरियोका समिर राई घोषित भए। उनले नगद ५ हजार सहित मेडल हात पारे।
प्रतियोगितामा समान १/१ खेल खेलेको आर्मी, धरान कालो, मोरङ र विशाल मिलन केन्द्र काठमाण्डौको समान ३/३ अंक रहेको छभने दुई खेल खेलेको झापा र धरान हरियो टिम अंक विहिन छ। भोली सोमबारको पहिलो खेल आर्मीका विरुद्ध बिशाल मिलन केन्द्र काठमाण्डौका बिच हुनेछन् भने दोस्रो खेल धरान कालो र मोरङका बिच हुनेछन्।
हराईजन क्लब धरान १७ को आयोजना तथा धरान उपमहानगरपालिकाके संयोजनमा भएको सो प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार १ सय ११ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्भने उपविजेता टिमले नगद ७५ हजार ५ सय ५५ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। विजेता तथा उपविजेता टिमलाई धरान १८ नं वडाका वडाअध्यक्ष प्रविण राईको सौजन्यमा थप २५/२५ हजार नगद पनि प्रदान गरिने भएको छ। यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार र उदयीमान खेलाडीर्ले नगद १० हजार पुरस्कार पाउने क्लबका अध्यक्ष श्रीभक्त राईले जानकारी दिए। आज हुने पहिलो खेल विशाल मिलन केन्द्र काठमाण्डौ र धरान निलोका बिच हुनेछभने दोस्रो खेल मोरङ र झापाका बिच हुने हुनेछ।
चैत्र १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, बिशाल मिलन केन्द्र काठमाण्डौ, मोरङ बास्केटबल संघ, झापा बास्केटवल संघ, धरान टिम (निलो) र धरान टीम कालो सहभागी रहेको छ।