धरानमा मोलम (शान्ति पुजा) हुने (भिडियो सहित)

दिव्य रोशनी(धरान)/
धरानमा १ नं. प्रदेश स्तरिय दोस्रो ङिङ्मा मोलम(प्राणिधान) को आयोजना हुने भएको छ।
यहि फागुन २६ गतेदेखी २९ गतेसम्म धरान ८ स्थित बौद्ध दाह संस्कार स्थल चारधाम पर्यटन केन्द्रमा ङिङ्मा मोलमको आयोजना हुन लागेको हो। शनिवार आयोजित पत्रकार सम्मेलनमा आयोजक १ न.ं प्रदेश ङिङ्मा मोलम छोग्पा समितीका सचिव राजेन्द्र स्याङ्वो तामाङले विश्व शान्तिको कामना सहित सर्वप्राणीहरुको हितार्थ, नयाँ लो (वर्ष) को ग्रह, दशा, शान्ति र स्वर्गवास भएका पितृहरुको मोक्षको निम्ती १ नं. प्रदेश स्तरिय दोस्रो ङिङ्मा मोलमको आयोजना हुन लागेको बताए। उनले ङिङ्मा मोलममा ज्याम्याङ कुस्योगको अवतारी टुल्कु साङ्गे सेडुब तामाङ रिन्पोछेको उपस्थिती रहने समेत जानकारी दिए।


ङिङ्मा मोलम अन्तर्गत आज आईतवार टुलकु रिन्पोछेको स्वागत कार्यक्रम हुनेछन्भने फागुन २६ गते बिहान ७ बजे देखी मोलम शुरु हुनेछ। यसैगरी फागुन २७ र २८ गते बिहान ७ बजेदेखी ४ बजे सम्म मोलम पाठ हुनेछभने फागुन २९ गते विहान ७ बजेदेखी पुजा शुरु भई २ बजे आयु अभिषेक र बेलुकी ४ बजे टासी मंगल तथा ङोवा मोलमको आयोजना हुने भएको छ।
यसैगरी संस्थाका अध्यक्ष खेन्छेन तेन्जिङ तामाङले विश्व शान्तिको कामना सहित ग्रह, दशा, शान्ति र स्वर्गवास भएका पितृहरुको मोक्षको निम्ती हुने मोलममा सम्पूर्ण भक्तजनहरु सहभागि भइदिन आग्रह गरे।
पत्रकार सम्मेलनमा बौद्ध चारधाम पर्यटन केन्द्रका अध्यक्ष कर्ण तमुले बौद्धधर्मालम्बीहरुका लागी धरानमा नै चारधाम निमार्ण शुरु गरिएको बताए। उनले चारधाम अन्तर्गत बुद्ध जन्मेको लुबिनी, बुद्धले बोधित्व प्राप्त गरेको बुद्ध गया, बुद्धले पंचभिक्षुहरुलाई ज्ञान दिएको ठाउँ शारनाथ र परिनिर्वाण( कुशी नगर) बनाउन लागिपरेको जानकारी दिए। (दिव्य रोशनी साप्ताहिकबाट)