१९औं ललित अम्वर डिपो कपः जोल साय स्कुल प्लेट च्याम्पियन

डिपो स्कुलको आयोजनामा आयोजित १९ औ अम्वर ललित डिपो कपको पहिलो चरणमा पराजित हुने टिमहरुको प्रतियोगिता प्लेट चाम्पियनसिप तर्फको उपाधी धरान १७ का  जोलसाय इङलिस बोर्डिङ स्कुलले चुमेको छ । 

शुक्रवार सम्पन्न प्लेट च्याम्पियन तर्फको फाइनल खेलमा जोलसाय स्कुलले  आयोजक डिपो स्कुल पहेलो टिमलाइ टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै उपाधी जितेका हुन । निर्धारित समयमा दुबै तर्फ कुनै गोल हुन नसके पछि  खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा जोलसायका प्रनिस राई, युनिक राई, विशाल सुनार र लाजिहाङ लिम्बुले गोल गरेका थिए भने डिपो पहेलोका साइमन पाख्रीन अग्रिम राई र निकेश राइले गोल गरेका थिए ।

इमानुयललाइ तेस्रो उपाधी 

सोही दिन ललित अम्बर डिपो कपको तेस्रो उपाधिको लागि भएको प्रतिश्पर्धामा इमानुयल स्कुलले दिल्ली पब्लिक स्कुललाइ टाइब्रेकरमा  ३-२ गोल अन्तरले पराजित गर्दै तेस्रो उपाधी जितेको छ । 

निर्धारित समयमा दुबै टिमले ३-३ बराबरी गोल गरेपछी खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलमा एमानुयलका प्रशान्त लिम्बुले २ र बिकेश बिष्टले १ गोल गरेका थिये । यसै गरि दिल्ली पब्लिकका रोहन लिम्बुले दुई र सुभम थाकुरले १ गोल गरेका थिए । टाइब्रेकरमा इमानुयलका लबि रानापल , बिकाश बिष्ट र सपन दाहालले गोल गरे भने दिल्ली पब्लिकका ओर्गेन तामाङ र अर्नव जोशिले मात्र गोल गरेका थिए । खेलको म्यान अफ द म्याच दिल्ली पब्लिकका अर्नव पान्डे घोषित भए । 

प्लेट च्यापियन बिजेता, उपबिजेता र ललित अम्बर कपको तेस्रो उपाधी बिजेता खेलाडिहरुलाइ शुक्रवार हुने १९ औ ललित अम्बर डिपो कपको बिजेता उपबिजेता खेलाडीहरु सङ्गै पुरस्कार बितरण गरिने छ ।

     ललित अम्बर डिपो कपका उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैया, दास्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरि प्लेट च्यापियन तर्फका बिजेताले नगद ३ हजार र उपबिजेताले नगद २ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।