१९औं ललित अम्वर डिपो कपः कार्मेल, प्रभात र पुलिस स्कुल विजयी
दिव्य रोशनी(धरान)/ डिपो स्कुलको आयोजनामा शुक्रवार देखि शुरु भएको १९ औं ललित अम्वर डिपो कपको दोस्रो दिनको खेलमा कार्मेल हाईस्कुल, प्रभात ईङ्गलिस स्कुल र पुलिस स्कुल विजयी भएको छ।
शनिवार भएको पहिलो खेलमा कार्मेल हाइस्कुलले जयसोया स्कुललाई २–० गोल अन्तरले पराजित गरेको छ। खेलमा दुवै गोल कार्मेलका दर्शन राईले गरेका थिए। यसैगरी दोस्रो खेलमा प्रभात स्कुलले धरान लिगामेन्ट स्कुललाई २–० गोल अन्तरले नै पराजित गरे । खेलमा प्रभात स्कुलका सिमन्स शेर्पा र दिशन वराइलिले गोल गरे । यसैगरि तेस्रो तथा अन्तिम खेलमा पुलिस स्कुलले आइडल ईङ्गलिस वोर्डिङ्ग स्कुललाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेका छन् । खेलमा पुलिस स्कुलका नेयुस खड्काले एक्लैले ५ गोल र सविन वुढाथोकि, अन्सु वास्फोर र सयन राईले १÷१ गोल गरेका थिए ।
दोस्रो दिनको खेलमा जयसोया स्कुलका प्रनिस राई, धरान लिगामेन्टका रामकृष्ण मेहेता र आइडल स्कुलका रिकेश खत्रि म्यान अफ द म्याच घोषित भए । उनिहरुलाई प्रतियोगिताका संयोजक डिपो स्कुल व्यवस्थापन समिति सदस्य द्धिपराज राईले ट्रफि प्रदान गरे ।
भोलि आईतवारको पहिलो खेल समिट स्कुल र इमानुयल बिच हुनेछभने त्यसपछि दिल्ली पव्लिक र नोवेल एकेडेमि, माउन्ट हर्मन र डिपोट निलो र सुनखरि र हिविकस स्कुल विच प्रतिश्पर्धा हुनेछ।
प्रतियोगिताका उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछन्भने दोस्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
यसैगरी ललित अम्वर डिपो कपको पहिलो चरणमा पराजित ८ टिमहरु बिच दिलकुमार प्लेट च्याम्पियन कपको प्रतियोगिता हुनेछ। प्लेट च्याम्पियनका विजेताले नगद ३ हजार १ सय ११ रुपैया र उपविजेताले २ हजार १ सय ११ रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाइने विद्यालय स्तरिय प्रतियोगितामा १६ टिमले सहभागिता जनाएको छ। पुस १२ गते देखि १९ गते सम्म संचालन हुने प्रतियोगिता डिपो स्कुलको खेल मैदानमा भइरहेको छ।