प्रदेश १ स्तरिय अल्फा विटा अन्तर कलेज बास्केटवल,
धरान मेघा र सियोन महिला टिम फाइनल प्रबेश

दिव्य रोशनी(धरान)/ धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबलको प्रतियोगितामा धरान मेघा हिमालयन कलेज र सियोन स्कुल महिला टिम फाइनलमा प्रबेश गरेका छन् ।
आइतबार भएको महिला तर्फको सेमिफाइनल खेलमा धरान मेघाले पब्लिक हाईस्कुललाई ३४ – ७ अंकको फराकिलो अन्तरले पराजित गर्दै फाइनल प्रबेश गरेका हुन् ।यसैगरि सियोन र केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार कलेज बिच भएको प्रतिस्पर्धात्मक खेलमा सियोनले हात्तिसारलाइ ९–७ अंकको झिनो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित बनाएका थिए । खेलमा धरान मेघा र पब्लिकले प्रत्येक क्वाटरमा १८–०, १०–२, ५–० र ४–२ अंक जोडे भने सियोन र हात्तिसार कलेजले २–०, ०–३, ५–२ र २–२ अंक जोडेका थिए।
सोही दिन भएको पुरुष तर्फ भएको क्वाटर फाइनल खेलमा सिटि कलेजले लोटस स्कुललाइ ३०–२४ अंकले पराजित गर्दै सेमिफाइनल प्रबेश गरेका छन्। खेलमा खेलमा सिटि र लोटसले प्रत्यक क्वाटरमा ८–२, ७–११, ३–४ र १२–७ अंक जोडे । आइतबार भएको खेलमा धरान मेघाका तनु राइले ८, सियोन स्कुलका आशा लामाले ५ र लोटसका सावन मन्डलले ११ अंक ब्यक्तिगत जोडे ।
अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सिको मुख्य प्रायोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताका पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। यसैगरि व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि महिला पुरुष विजेताले जनहि नगद दुई हजार ५ सय र हाइस्कोररले जनहि दुई हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । उदयीमान खेलाडिले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ।
भोलि सोमबार हुने पहिलो क्वाटर फाइनल खेल युएन नवोदय क्लेज र राष्ट्रिय जनसेवक इटहरी र पुर्वान्चल इन्जिनियर कलेज र बिर्तामोड झापा बिच हुनेछ । कलेजखेल पुरुष तर्फ धरान सिटि कलेज र लोटस बिच क्वाटर फाइनल खेल हुनेछ । प्रतियोगितामा पुरुष तर्फ धरान मेघा हिमालयन र सिटि कलेज सेमिफाइन प्रबेश गरिसकेका छन । प्रतियोगिताको सम्पुर्ण खेल धरान १६ धरान रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भइरहेको छ ।

11 thoughts on “प्रदेश १ स्तरिय अल्फा विटा अन्तर कलेज बास्केटवल,<br>धरान मेघा र सियोन महिला टिम फाइनल प्रबेश

टिप्पणीहरू are closed.