वडास्तरिय महिला रनिङ कप फुटबल प्रतियोगिताः धरान १६ को विजयी शुरुवात
दिव्य रोशनी(धरान)/ धरानमा पहिलो पटक शुरु भएको वडास्तरिय महिला रनिङ कप फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा धरान १६ नं वडा विजयी बनेको छ।
शनिवार धरान रंगशालामा भएको उद्धघाटन खेलमा धरान १६ ले १४ नं वडालाई ४–० गोल अन्तरले विजयी बनेको हो। खेलमा धरान १६ का तर्फबाट अनिशा लिम्बुले ह्याट्रिक गरेकि थिईन्। उनिले पहिलो हाफको ७, १२ र ३१ मिनेटमा गोल गरेकि थिईन्। यसैगरी अर्को गोल ईन्द्र देवी लिम्बुले दोस्रो हाफको २७ औं मिनेटमा गरेका थिए।
निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा धरान १४ ले पाएको अवसरहरुलाई चुकाउदा गोल विहिन बन्यो। खेलको म्यान अफ दि म्याच धरान १६ कि अनिशा लिम्बु घोषित भईन्। उनिले मेडल सहित नगद १५ सय प्राप्त गरिन्। आईतवारको पहिलो खेल दिनको ठिक १ बजे धरान १३ का विरुद्ध ५ नं वडा बिच हुनेछभने दोस्रो खेल दिउसो ३ बजे धरान १० का विरुद्ध ११ नं वडा बिच हुने आयोकले जनाएको छ।
जनपथ जागरण समाजको आयोजना तथा धरान १६ नं वडा कार्यालयको संयोजनामा भएको उद्धघाटन खेलमा प्रदेश सांसद ममता योञ्जन तामाङ प्रमुख अतिथी रहेकि थिईन्। यसैगरी १६ नं वडाका वडा अध्यक्ष मुरारी प्रसाद भट्टराईले फुटबल खेलप्रति महिलाहरुको बढ्दो आकर्षणलाई मध्यनजरगरी धरानमा पहिलो पटक वडास्तरिय महिला फुटबल प्रतियोगिताको आयोजना गरिएको बताए। उनले गाँउ तथा नगरस्तरबाट आयोजना गरिएका यस्ता प्रतियोगिताहरुले भोली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
यही मंशिर ३० गतेसम्म संचालन हुने प्रथम धरान वडा स्तरिय महिला रनिङ कप फुटबल प्रतियोगिताको विजेताले नगद ८० हजार सहित रनिङ ट्रफि प्राप्त गर्नेछन्भने उपविजेताले नगद ४० हजार सहित ट्रफि प्राप्त गर्नेछन्। प्रतियोगिताको अनुमानित खर्च ६ लाख ४० हजार रहेको आयोजकले जनाएको छ। (दिव्य रोशनी साप्ताहिकबाट)