जुनियर मिस्टर एण्ड मिस धरानको पहिलो चरणको अडिसन सम्पन्न
दिव्य रोशनी(धरान)/ जुनियर मिस्टर एण्ड मिस धरानको पहिलो चरणको अडिसन सकिएको छ।
शनिवार धरान ९ पुतलीलाईन स्थित हाङकुक साराङ कोरियन रेष्टुरेण्टमा आयोजित अडिसनमा धरानका ७ वर्षदेखी १४ वर्ष सम्मका ५७ जना बालबालिकाहरुले सहभागिता जनाएका थिए।
ड्रिम मोडलिंग एजेन्सी ईटहरीको आयोजनामा हुन लागेको जुनियर मिस्टर एण्ड मिसेस धरानको यो चौथो संस्करण हो। कार्यक्रममा प्रमुख अतिथी ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक दिवस कुँरले पानसमा द्वीप प्रज्वलन गरेर कार्यक्रमको उद्धघाटन गरेका थिए। उद्धघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रहरी निरिक्षक कुँवरले आफ्ना अभिभावकहरुका सामुन्ने आफ्नो प्रतिभा प्रस्तुत गर्नका लागी यो एउटा राम्रो प्लेटफर्म भएको बताए। उनले आफ्नो नानी बाबुहरुको क्षमतालाई अभिभावकहरुले पहिचान गर्ने अवसर रहेको समेत बताए।
सोहीक्रममा प्रमुख अतिथी कुँवरले आफ्ना नानीबाबुहरुले उपाधी जित्नु नै ठुलो कुरा नभएपनि हिम्मत गरेर प्रतियोगितामा सहभागिता जनाउनु नै ठुलो कुरो भएको बताए। उनले यस्ता प्रतियोगिताहरुले बच्चाहरुमा भएको क्षमतालाई अझ प्रस्फुटन गर्ने समेत दावी गरे। यसैगरी प्रतियोगिताका डाईरेक्टर निश्चल मोहन पलिखेले प्रतियोगितामा जित्नु नै ठुलो कुरो नभएपनि सहभागी नानीबाबुहरुमा लुकेर रहेको प्रतिभाहरुलाई यस प्रतियोगिताले अझ प्रस्फुटन गर्दै लैजाने बताए। उनले १ महिने प्रशिक्षण कार्यक्रममा पर्सानालिटी डेभलपमेन्ट, गुड क्यरियर, गुड टच ब्याड टच, ओरियन्टेसन क्लास, श्रमदान, सुधारबारको एन्टि ड्रग्स कार्यक्रम सहित विज्ञाहरुले तालिम प्रदान गरिने बताए। उनका अनुसार अडिसन राउण्डबाट टप ३५ जनालाई १ महिनासम्म दिनको दुई घण्टाले क्लोज क्याम्पमा राखिने भएको छ।
अहिले सम्म आयोजकले सफल रुपमा ३ वटा सिजन सम्पन्न गरिसकेको बताउँदै डाईरेक्टर पलिखेले फिनालेमा मिस एण्ड मिस्टर नेपाल निर्णायकको रुपमा रहने समेत जानकारी दिए। उनले यस प्रतियोगितामा अभिभावक हरुको साथ र सहयोग पनि उत्तिकै मिलेको बताए।
यसैगरी आयोजक ड्रिम मोडलिंङका सिईओ सौरभ भण्डारीले निजी विद्यालयहरुको तुलनामा सरकारी विद्यालयहरुमा क्लास काउन्सेलिङ गर्न माथिको अनुमती लिनुपरेको कारण सरकारी विद्यालयहरुका नानाीबाबुहरुको उपस्थिती कमी भएको बताए। उनले प्रतियोगितामका बिजेता जुनियर मिस्टर एण्ड मिस धरानले ट्रफि सहित २५/२५ हजार प्राप्त गर्नेछन्भने फस्ट रनर अपले १५/१५ हजार र सेकेण्ड रनरअपले १०/१० हजार प्राप्त गर्नेछन्। यसैगरी बिजेताहरुले क्रमशः ३/३ लाख, २/२ लाख र १/१ लाखको ईन्सुरेन्स संगै आकर्षक गिफ्ट ह्याम्पर र म्युजिकक भिडियोका साथै ईन्टरनेशनल प्लेट फर्मममा जान चाहनेहरुलेको लगी प्रतिनिधित्व गरी पठाईने भएको छ।
प्रतियोगिताको दोस्रो तथा अन्तिम अडिसन यही मंसिर २२ गते धरान १३ स्थित धरान भ्यू रेष्टुरेण्टमा हुने आयोजकले जनाएको छ।