आज कुकुर तिहार र लक्ष्मी पुजा एकैदिन
नेपालीहरुको दोस्रो ठूलो चाँड तिहारको आज दोस्रो दिन कुकुर तिहार र लक्ष्मीपुजा एकैदिन परेको छ।
कात्तिक कृष्ण चतुर्दशी तिथिमा कुकुर तिहार मनाइने भए पनि आज बिहान चतुर्दशी र दिउँसोपछि औंसी तिथि रहेकाले लक्ष्मीको पुजा गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ। कार्तिक कृष्ण चतुर्दशी अथवा यमपञ्चकको दोस्रो दिन कुकुर तिहार मनाइन्छ, यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो ।
तिथी घटबडका कारण आजै तिहारको तेस्रो दिन परेको छ। आजै, घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भ¥याङ लगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।