तेस्रो अन्तर्राट्रिय सञ्जिवनी फुटसल प्रतियोगिताः उपाधीका लागी ओपन रिकभरिङ्ग तर्फ फस्ट स्टेप काठमाण्डौ र दार्जिलिङ युनाइटेड, भेट्रानतर्फ ग्रेस फाउण्डेसन गान्टोक र डिआरएफसि धरान, महिलातर्फ एना समुह धरान र एक्ट नेपाल इटहरी भिड्ने

दिव्य रोशनी(धरान)/ तेस्रो अन्तर्राष्ट्रिय सञ्जिवनी फुटसल प्रतियोगितामा ओपन रिकभरिङ्ग तर्फ फस्ट स्टेप काठमाण्डौ र दार्जिलिङ्ग युनाइटेड फेलोसिप, भेट्रान तर्फ ग्रेस फाउण्डेसन गान्टोक र डिआर एफसि धरान र महिला तर्फ एना समुह धरान र एक्ट नेपाल इटहरी फाइनमा भिड्ने भएका छन् ।
सञ्जिवनी केन्द्र धरानको आयोजनामा असोज ३ गते देखि सुरु भएको प्रतियोगितामा शुक्रवार भएको ओपन रिकभरिङ्ग तर्फको पहिलो सेमिफाइनल खेलमा फस्ट स्टेप काठमाण्डौले चितवन फेलोसिपलाई ३–० र दार्जिलिङ्ग युनाइटेडले डिआर एफसि धरानलाई टाइव्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेका छन् । दार्जिलिङ्ग युनाइटेड र डिआर एफसिले निर्धारित समय सम्म ३–३ गोलको वरावर गरेपछि खेलको निर्णय टाइव्रेकरबाट गरिएको थियो ।
यसैगरी शुक्रबारै भएको खेलमा रिकभरिङ्ग भेट्रान तर्फ गे्रस फाउण्डेसन गान्टोकले रिकभरिङ्ग व्रदर्स सिक्किमलाई १–० र डिआर एफसि धरानले आश्रय काठमाण्डौलाई २–१ गोल अन्तरले पराजित गदैै फाइनल प्रवेश गरेका छन् । प्रतियोगिताको फाइनल खेल आसोज ५ गते शनिवार विहान १० वजे देखि सुरु हुनेछ । प्रतियोगितामा ओपन रिकभरिङ्ग तर्फ १४ टिम, भेट्रान रिकभरिङ्ग तर्फ ७ टिम र महिला रिकभरिङ्ग तर्फ ३ टिमले सहभागिता जनाएको थियो।
प्रतियोगितामा ओपन रिकभरिङ तर्फका विजेताले नगद दुई लाख, दोस्रो पुरस्कार नगद १ लाख, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । भेट्रान तर्फका विजेताले नगद ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महिला तर्फका विजेताले नगद २० हजार र दोस्रोले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट खेलाडि र गोलकिपरले जनहि नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ।
यसैगरि शुक्रवार नै संपन्न भेट्रान रिकभरिङ्ग तर्फको तेस्रो उपाधिको लागि भएको खेलमा आश्रय काठमाण्डौले सिक्किम व्रदर्स रिकभरिङ्गलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको तेस्रो उपाधि चुमेको छ । उपाधि संगै आश्रयले नगद २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । तेस्रो उपाधि विजेताहरुलाई शनिवार हुने फाइनल खेल पछि पुरस्कार प्रदान गरिने आयोजक सन्जिवनी केन्द्रका अध्यक्ष सम्पुर्ण ताम्रकारले जानकारी दिए।