महेन्द्र बहुमुखी क्याम्पस धरानमा पाँचवर्षे बी.ए. एलएल.बी. कार्यक्रम (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ महेन्द्र बहुमुखी क्याम्पस धरानले पहिलो पटक पाँचवर्षे बी.ए. एलएल.बी. कार्यक्रम संचालन गर्ने भएको छ।
आज बुधवार क्याम्पसको सभाहलमा भएको कार्यक्रममा क्याम्पस प्रमुख चन्द्र कुमार राईले प्लस टु पढाई सकाएका विद्यार्थीहरुलाई मध्यनजरगरी पूर्वमै पहिलो पटक धरानको महेन्द्र बहुमुखी क्याम्पसले पाँचवर्षे बी.ए. एलएल.बी. कार्यक्रम संचालन गर्न लागिएको जानकारी दिए। उनले यसै शैक्षिक सत्र २०८१ देखी कानून संकाय अन्तर्गत पाँच वर्षे बी.ए. एलएलबी. कार्यक्रम त्रिभुवन विश्वविद्यालयको स्वीकृतबाट संचालन हुने भएकाले भर्ना हुन चाहनेहरुका लागी आवेदन खुलिसकेको बताए। क्याम्पस प्रमुख राईका अनुसार हाल विभिन्न विषयमा स्नातक गरेका विद्यार्थीहरुले तीन वर्षे स्नातक तह एलएलबी पनि अध्ययन गर्दै आएका छन्।


त्रिभुवन विश्वविद्यालयले २०६६ सालदेखी काठमाण्डौमा पाँचवर्षे बी.ए. एलएल.बी.कार्यक्रम संचाल गर्दै आएपनि महेन्द्र बहुमुखी क्याम्पस धरानले पहिलो पटक यसवर्ष स्विकृत प्राप्त गरेको हो। जसका लागी कोशी प्रदेश सरकार, धरान उपमहानगरपालिका तथा यसक्षेत्रका नागरिक समाजको सक्रिय प्रयास, सदाशयता तथा सहयोग रहेको क्याम्पस प्रमुख राईको भनाई छ। उनल े पाँचवर्षे बी.ए. एलएल.बी.को यो शैक्षिक कार्यक्रम संचालन पश्चात जुनसुकै विषय लिएर १२ कक्षा उतिर्ण गरेका विद्यार्थीहरुले कानून अध्ययन गरी भविष्यमा कानुन व्यावसाय, न्याय सेवा, कानुनी अनुसनधान वा कानुनी शिक्षण लगायत सरकारी तथा गैरसरकारी क्षेत्रमा योगदान गर्न सक्ने सहज अवसरको ढोका खुलेको बताए।
अंग्रेजी माध्यमबाट पढाईहुने यस पहिलो सेमेस्टरमा ७० जना विद्यार्थीले मात्र भर्ना हुने अवसर पाउनेछन्। यसैगरी त्रिविको नियम अनुुसार प्रवेश परिक्षामा २० प्रतिशत आरक्षणको व्यवस्था र १० प्रतिशत विद्यार्थीहरुलाई छात्रवृतिको व्यवस्था रहेको कलेजले जनाएको छ। विद्यार्थी भर्ना अभियानका लागी आगामी अशोज ६ गतेसम्म जततउकसररधधध।ाय।िभमग।लउ बाट अनलाईन फारम भनुपर्ने कलेजले जनाएको छ।