युवापुस्ताहरुमा परम्परागत भेषभुषा प्रति आकर्षण बढ्दै (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ धरान उपमहानगरपालिका उपमेयर अईन्द्र बिक्रम बेघाले युवापुस्ताहरुमा परम्परागत भेषभुषा प्रति आकर्षण बढ्र्दैै गएको बताएका छन्।
सो कुरा उनले गृह श्रमिक महिला ढाका उद्यमी समाज नेपालद्धारा आयोजित तिन महिने मौलिक परम्परागत सिलाई÷कटाई तालिमको समापनका अवसरमा बताएका हुन्। कार्यक्रममा प्रमुख अतिथी उपमेयर बेघाले अहिलेको आधुनिक पुस्तामा विदेशी रेडिमेड कपडाहरुले स्थान लिईरहेको बेला युवाहरुलाई परम्परागत भेषभुषाले आकर्षित गराउने बताए। उनले भने “गृह श्रमिकले आयोजना गरेको सिलाई कटाई तालिमबाट बनिएका परम्परागत भेषभुषाहरुले युवाहरुलाई आकर्षित गराउदै लगेको छ। अहिले हराएका दौरा–सुरुवाल, ढाकाटोपी, चौबन्दी चोलीहरु युवापुस्ताहरुमा सजिदै गएको छ।” पुर्खाहरुले सयौ वर्ष लगाएर बनाएको भेषभुषाहरुको छुुटै ईतिहास र महत्व रहेको बताउँदै उपमेयर बेघाले तालिम पश्चात महिला दिदी बहिनीहरुले मेसिनमा परम्परागत पोशाकहरु सिलाउँदै गरेको देख्न पाउ भन्ने कामना समेत गरे। उनले तीन महिनासम्म तालिम लिएर पनि घरमा सिरानी लगाई सुत्ने होभने तालिम आयोजनाको कुनै अर्थ नरहने बताउँदै सिकेकाका सिप कलाहरुलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन सुझाव समेत दिए।


गृह श्रमिक महिला दिदी बहिनीहरुलाई परम्परागत सिलाई कटाई तालिम दिएकोमा गृहश्रमिक महिला ढाका उद्यमी समाज नेपाल प्रति आभार व्यक्त गर्दै उपमहानगरले समूहसंँग सहकार्य गर्दै जाने ईच्छा समेत व्यक्त गरे। उनले भने “हामी सबै समाजप्रति जिम्मेवार बनौं , नागरिक प्रति उत्तरदायि बनौं।” व्यक्ति व्यक्ति संगको सम्बन्धलाई प्रगाढ बनाउन एकअर्कामा सहयोगी भावनाको विकास गर्नुपर्ने समेत उपमेयर बेघाको भनाई थियो।
एक फरक प्रसंगमा उपमेयर बेघाले सहिलाई सहि र गलतलाई गलत भन्ने संस्कृतिको विकास गर्नुपर्ने बताए। उनले हामी कसैको पनि अन्ध भक्त हुन नहुने बताउँदै गलत कार्यलाई ढाकछोप गर्न नहुने पनि बताए।
यसैगरी समापन कार्यक्रममा तालिमका प्रशिक्षक ईन्द्र कुमारी राईले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गरिनुपर्ने बताईन्। उनले सिप सिकेपछि त्यतीकै नबस्न आग्रह गद सिपको सदुपयोग गर्न प्रशिक्षार्थीहरुमा आग्रह गरिन्। त्यस्तै तालिममा सहभागी कविता खड्काले तीन महिनाको तालिमले आत्मनिर्भर बन्न धेरै सहयोग मिलेको बताउँदै अब एडभान्स तालिम दिनपनि आयोजक संस्था संग आग्रह गरिन्। त्यस्तै बमधारा खानेपानी उपभोक्ता समूहका अध्यक्ष टेक बहादुर लिम्बुले गृहश्रमिकले गृहिणी महिलाहरुलाई मौलिक परम्परागत सिलाई÷कटाई तालिमदिएर आत्मनिर्भर बनाएको बताए। उनले देशको विकासका लागी पार्टी हैन जनता चुन्नुपर्ने बताएका थिए।
टेवा संस्थाको सहयोगमा संचालन भएको सो तालिममा सहभागीहरुले तिन महिना लामो तालिमले प्रशिक्षार्थीहरुमा सिप सिक्ने अवसर मिलेको भन्दै एडभान्स तालिम दिनपनि आग्रह गरेका थिए। सोही अवसरमा गृह श्रमिक स्वरोगार नेपालबाट पठाईएको शुभकामना चिठ्ठी समेत पढेर सुनाईएको थियो।
संस्थाका उपाध्यक्ष अम्बिका राईको स्वागत मन्तव्य रहेको सो कार्यक्रमलाई सचिव कमला लिम्बुले संचालन गरेकि थिईन्भने अध्यक्ष प्रेम कुमारी राईको अध्यक्षतामा समापन कार्यक्रम सम्पन्न भएको थियो।