वृक्षारोपण गरेर सुधार नेपालको शुरुवात (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ समाजमा रहेका विकृति र विसंगतीलाई सुधार गर्दै लैजाने उदेश्यले स्थापित सुधार नेपालले वृक्षारोपण गर्दै आफ्नो अभियानलाई शुरुवात गरेको छ।
शुक्रवार सुधार नेपालले धरान १३ स्थित आपगाँछी परिसरमा वृक्षारोपण गर्दै आफ्नो अभियान शुरुवात गरेको हो। संस्था स्थापना पश्चात सुधार नेपालले पहिलो पटक धरानमा वृक्षा रोपण कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष निनाचन्द्र राईले बताए। उनले संस्था दर्ता भएपछि पहिलो काम वृक्षारोपण गरिएकाले अब समाजमा रहेका विकृति र विसंगती र नागरिकका समस्याहरुलाई सुधार गर्दै लैजाने योजना रहेको समेत बताए।
यसैगरी संस्थाका सदस्य धरान १९ निवासी शुभ राईले धरानमा फैलिएको बेतिथी र विसंगतीहरुलाई निर्मुल गर्नका लागी सुधार नेपालको स्थापना भएको बताईन्। उनिले स्वच्छ र सफा बातावरणका लागी संस्थाले वृक्षारोपण कार्यक्रम गरेर पहिलो सुधारका कार्यहरु शुरु गरेको बताईन्। त्यस्तै संस्थाका सदस्य याम तामाङले यस सुधार नेपालमा आवद्ध भएर निःस्वार्थ भावले समाजसेवा गर्न सकिने भएकाले संस्थामा जोडिन युवाहरुलाई आग्रह गरे।


यसैगरी वृक्षारोपण कार्यक्रममा अस्थाई प्रहरी पोष्ट अमरहाटका ट्रफिक प्रहरी सहायक हल्वदार कुसुम राई पनि वृक्षारोपण गर्दै गरेको अवस्थामा भेटिए। उनले ट्राफिक चेकिङको क्रममा खटिएका बेला वृक्षारोपण गर्दै गरेको देखेपछि वृक्षारोपण गर्न आएको बताए।


आँपगाछी नामले चर्चित यसक्षेत्रमा आँप रोप्न चाहेपनि वनले फलफुलका विरुवा भन्दापनि वनक्षेत्रमा रुखका विरुवा नै रोप्न आग्रह गरेकाले बढी मात्रामा रुखका विरुवाहरु रोपिएको अध्यक्ष राईले बताए। वृक्षारोपण पश्चात सुख्खायाममा हप्ताको एक पटक मात्र भएपनि थोपा सिचाईको व्यावस्था गरिने उनको भनाई छ। सुधार नेपालले आँपगाछी परिसरमा रुद्राक्ष, जामुन, नासपाती, धुपी, अमला, केराको बोट रोपेका छन्।


यसैगरी सुधार नेपालले आँपगाछी परिसरमा २ वटा फोहरका कन्टेनरहरु समेत राखेका छन्। वृक्षारोपण पश्चात संस्थाका पदाधिकारीहरुले सो क्षेत्रको सरसफाइ समेत गरेका थिए। (दिव्य रोशनी साप्तहिक)