खानेपानी महशुलदर पुरानै कायम

दिव्य रोशनी(धरान)/ धरानमा वृद्धि भएको खानेपानी महशुलदर पुरानै कायम भएको छ।
आईतवार धरानका १० राजनीतिक दल र मेयर हर्क साम्पाङ बिच भएको वार्ताले वृद्धि भएको धरानको खानेपानी महशुलदर पुरानै कायम राख्ने निर्णय गरेको हो। यसैगरी वार्ताले ३ वटा बुँदाहरुमा छलफल गरी निर्णय समेत गरेको छ। जसमा पहिलो बुँदामा खानेपानी तथा सेवा महशुल निर्धारण आयोगलाई लिखित पत्रि पठाई जवाफको आधारमानी जवाफ नआईन्जेल सम्म पुरानै महशुल यथावत राखी पुर्नविचार गर्ने निर्ण गरिएको छ। यसैगरी दोस्रो बुँदामा धरान खानेपानी व्यावस्थापन बोर्डका पूर्णताको विषयमा सम्मनित उच्च अदालतमा विचराधिन रहेको हुनाले सम्मनित अदालतको आदेश प्राप्त भएपछि सोही अनुसार हुने निर्णय गरियो। त्यस्तै ३ नं बुँदामा खानेपानी बोर्डैको आय व्याय विवरण ७ दिन भित्र सार्ववजनिक गर्ने समेत निर्णय गरेको छ।
निर्णयहरु सुनाउदै मेयर साम्पाङले विदेशी ऋण तिर्न रहरले महशुल दर नबढाईएको बताए। उनले सबै मिलेर खानेपानी बोर्डको ऋण तिर्न सहजदा प्रदान गरिने बताए। यसैगरी नेपाली कांग्रेसका नगर अध्यक्ष ह्याम पोख्रेलले खानेपानी मुल्य वृृद्धिको विरोधमा सामेल हुनुभएका सम्पूर्ण धानवासीहरु हार्दिक अभार समेत व्यक्त गरे।


धरानमा अस्वभाविक रुपमा खानेपानी महशुलको मुल्य बृद्धिभएपछि १० राजनीतिक दलहरुले साउन ११ गते खानेपानी व्यवस्थापन बोर्डमा ज्ञापनपत्र बुझाएर असहमती व्यक्त गर्दै मुल्य वृद्धि फिर्ता लिन ७२ घण्टे माग राखेका थिए। दलहरुले ७२ घण्टा वितिसक्दापनि कुनै सुनुवाई नभएपछि साउन १५ गते पहिलो चरणको आन्दोलन घोषणा गरेका थिए। उनिहरुले साउन १७ गते विभिन्न संघसंस्थाहरुसंग छलफल राखेका थिएभने सम्पूर्ण वडाहरुमा साउन १८ गते ध्यानाकर्षणपत्र समेत बुझाएका थिए। तरपनि खानेपानी बोर्डको ध्यानाकर्षण नभएपछि २० गते र्याली सहित वोर्डको कार्यालय घेराउ गरी वोर्डको अध्यक्ष, कार्यकारी निर्देशक र लेखा शाखामा तालाबन्दी गरेका थिएभने २१ गते खानेपानी महशुल काउण्टरमा ताला बन्दी गरेका थिए।


तर मंगलवार उच्च अदालत विराटनगरले उत्प्रेषण आदेश जारी गरेपछि बुधवार दलहरुले ताला खोलेका थिए। ताला खोलिएपछि धरानका राजनीतिक दलहरुले आन्दोलनलाई नगरपालिका केन्द्रित गरेका थिए। विहिवार १० राजनीतिक दल लगायत स्वतन्त्र विद्यार्थी युनियनहरुले गरेको नगरपालिका घेराउ कार्यक्रम तनावपूर्ण रह्यो। ठुलो संख्यामा नारा सहित प्रदर्शन गरिएको विरोध कार्यक्रममा तत्काल वार्ता गरी खानेपानीको महशुल साविककै महशुल निर्धारण गरिनुपर्ने दलहरुले माग राखे। प्रहरी संगको झडप संगै दलहरुको आन्दोलन चर्किदै गएपछि मेयर हर्कराज साम्पाङ राईले दलहरुलाई आज आईतवार वार्ताका लागी आव्हान गरेका थिए।