धरानमा २११ औं भानु जयन्ती मनाईयो (भिडियो सहित)
दिव्य रोशनी (सुनसरी)/ धरानमा २११ औं भानु जयन्ती मनाईएको छ।
नेपाली लेखक संघ सुनसरी तथा सैनिक आवसिय माध्यमिक विद्यालय धरानको संयुक्त आयोजनामा शनिवार धरानमा भानु जयन्ती मनाईएको हो। धरानको भानुचौकमा आयोजित कार्यक्रममा सहभागीहरुले भनुभक्त आचार्यको शालिकमा माल्यापर्णगरी परिचर्चा गरेका थिए। कार्यक्रममा प्रमुख अतिथी नेपाली लेखक संघका केन्द्रिय सदस्य प्राध्यापक गोपाल भण्डारीले २०३४ सालमा तत्कालिन कोशी मोटर सिण्डिकेटले भानुचौकमा भानुभक्तको शालिक राखेपवछि देश विदेशमा धरानको नाम फैलिएको ठोकुवा गरे। उनले नेपाली लेखक संघले नेपाली भाषा र साहित्यको उत्थानका लागी परेको बताउदै आदिकवि भानुभक्तको जिवनी बारे परिचर्चा समेत गरेका थिए।
यसैगरी कार्यक्रममा सैनिक आवसिय मावि धरानका प्रिन्सिपल रविन्द्र थापाले वार्षिक रुपमा आदिकवि भानुभक्तको जन्म जयन्ती मनाउदै आएको जानकारी दिए। कार्यक्रममा सैनिक आवसिय महाविद्यालयका विद्यार्थीहरुले भानुभक्त जयन्तीको अवसरमा परिचर्चा समेत गरेका थिए।