एमएडब्लु राइड्स प्रा.लि.द्वारा ब्लु स्क्वायर शोरुम उद्घाटनको तयारी

दिव्य रोशनी(धरान)/नेपालका लागी यमाहाको आधिकारीक बिक्रेता एमएडब्लु राइड्स प्रा.लि.ले धरानमा ब्लु स्क्वायर शोरुम सञ्चालनमा ल्याउने भएको छ।
धरान ८ स्थित विजयपुर ट्रेडर्स धरानद्वारा सञ्चालित यमाहा मोटरसाइकलको अन्तराष्ट्रिय स्तरको ब्ल्यु स्क्वायर (द्यीग्भ् क्त्तग्ब्च्भ्) शोरुमको विधिवत उद्घाटन भोली असार २७ गते बिहिबार हुने भएको छ।


ट्रेडर्सका सञ्चालक प्रभाव खतिवडाले नेपालका लागी यमाहाको आधिकारीक बिक्रेता एमएडब्लु राइड्स प्रा.लि.ले धरानमा ब्लु स्क्वायर शोरुमको सञ्चालन गर्ने जिम्मेवारी पाएको बताए।
सञ्चालक खतिवडाले शोरुमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगर पालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाद्वारा गरिने जानकारी दिदैं बिजयपुर ट्रेडर्सले सञ्चालनमा आएको १ वर्षभित्रमा करिव ४ सय वटा यमाहा मोटरसाईकल र स्कुटी बिक्री भएको बताए ।
यस्तै एमएडब्लु राइड्स प्रा.लि.का बिजनेस डिभलपमेन्ट प्रमुख हरि दाहालले विश्वमै मोटरसाइकल रेसिङमा यमाहा मोटरसाइकलहरु सेस्लरहरुको रोजाई पर्ने गरेको बताउँदै एउटै छातामुनि गुणस्तरीय सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा सहित सञ्चालनमा आएको शोरुमलाई ब्लु स्क्वायर भनिएको बताए ।
साथै उनले अन्य मुलुकहरुमा झैं नेपालमा पनि रेसिङमा यमाहा मोटरसाइकलहरु सबैको रोजाइमा पर्ने गरेको बताउँदै उपत्यका बाहिर धरान पहिलो भएपनि धरानको शोरुम भने चौथौ रहेको जानकारी दिए ।