धरान संगित प्रतिष्ठानले विश्व संगीत दिवस मनाउने

दिव्य रोशनी(धरान)/ विश्व संगीत दिवसको अवसरमा धरान संगीत प्रतिष्ठानले भोली असार ७ गते भव्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।
आज विहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिष्ठानले सो कुराको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रमेश राईले हरेक वर्षको जुन २१ मा पर्ने विश्व संगीत दिवसको अवसरमा प्रतिष्ठानले पनि सांगितीक साँझको आयोजना गर्न लागिएको बताए। उनले सांगितीक कार्यक्रमको आकर्षणमा बरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठ सहित स्थानिय कलाकारहरुको प्रस्तुति समेत रहने बताए।


कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईको प्रमुख आथित्यतामा आयोजना हुन लागेको सो सांगितीक साँझ धरान ८ स्थित बराह सपिङ कम्प्लेसको चौथो तलामा आयोजना हुने भएको छ। सोही अवसरमा प्रतिष्ठानले यसपटक पनि संगीत क्षेत्रमा विशेष योगदान दिएका गायक, संगितकार तथा प्रशिक्षक संदिप प्रधान र विनोद प्रियदर्शी राईलाई सम्मान गरिने प्रतिष्ठानका सचिव कृष्णराजा श्रेष्ठले बताए।