किरात याक्खा छुम्मा प्रदेश १ को ऐतिहासिक प्रथम सम्मेलन धनकुटामा शुरु

दिव्य रोशनी(धरान)/ किरात याक्खा छुम्मा प्रदेश नं. १ को ऐतिहासिक प्रथम सम्मेलन धनकुटामा शुरु भएको छ।
शनिवार एक कार्यक्रमका विच मुन्धुम विद तथा लाली गुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङले सम्मेलनको उद्धघाटन गरेका छन्। कार्यक्रममा प्रमुख अतिथी मुन्धुमविद माबुहाङले याक्खाहरुका बारेमा अध्ययन अनुसन्धान भईरहेको बताउँदै याक्खाहरुको भाषा, संस्कार र सस्कृति छुट्टै हुँदा हुँदैपनि राई लिम्बुहरुको प्रभावमा परेको बताए। उनले अनुसन्धानका क्रममा याक्खाहरुको छुट्टै अस्तित्व रहेको बताए। विजयपुरको हाङ बुद्धिकर्णलाई राई जातीले रार्ई र लिम्बु जातीले लिम्बु भनेपनि याक्खा रहेको उनको भनाई थियो। साथै उनले देवानहरुले आफुहरु बेग्लै जाती रहेको दावी गरेपनि अनुसन्धानका क्रममा याक्खा नै भएको पाईएको बताए। उनले भने “याक्खाहरुमा प्रकृति प्रति एकदमै श्रद्धा रहेको पाईएको छ।


यसैगरी कार्यक्रममा जिल्ला समन्वय समितीका सदस्य मनोज खालिङले याक्खाहरुले आफ्नो अस्तित्व र पहिचानका लागी सदिऔं वर्षदेखी लड्दै आएको बताए।
कार्यक्रमका सभापति समेत रहेका याक्खा छुम्मा केन्द्रिय समितीका वरिष्ठ उपाध्यक्ष तथा १ न.ं प्रदेश ईन्चार्ज अञ्जना ताम्लीले याक्खाहरु मुलुककै पहिलो आदिवासी जनजाति भएपनि राज्यको तर्फबाट सम्बोधन नभएको बताईन्। उनले याक्खा छुम्माहरुको हक, अधिकारका लागी राज्यलाई दबाव दिन सम्पूर्ण याक्खा, याक्खामाहरुमा आव्हान समेत गरिन्।


कार्यक्रममा याक्खा जातीको डोकेनी नृत्य प्रतियोगिता समेत प्रस्तुत गरिएको थियो। जसमा धनकुटा प्रथम भएको थियोभने धरान दोस्रो र ईटहरी तेस्रोे बनेको थियो। बिजेताहरुलाई नगद क्रमशः ३० हजार, २० हजार र १० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो।
त्यस्तै धनकुटाको मारेकटहरे र डाँडा बजार सान्त्वना घोषित भए। उनीहरुले जनही नगद ५ ÷५ हजारका साथमा प्रमाणपत्र प्राप्त गरे।
याक्खा छुम्माका केन्द्रिय, प्रदेश तथा स्थानिय पदाधिकारीहरुको उपस्थिती रहेको सो कार्यक्रम अघि धनकुटा बसपार्कदेखि निकालिएको झाँकी सहित र्यालीले धनकुटा बजार परिक्रमा गरी सभास्थल पुगेको थियो।
सो सभामा याक्खा छुम्माको “किरात याक्खा छुम्मा” नामक ऐतिहासिक प्रथम स्मारिका समेत विमोचन गरिएको थियो। दुई दिने सम्मेलन आईतवार नयाँ कार्यसमिती निर्वाचित गर्दै समापन हुने आयोजकले जनाएको छ। (दिव्य रोशनी साप्ताहिकबाट)