सुस्त मनःस्थितीका विद्यार्थीहरुलाई किवानिसको खेलौना एवं म्युजिकल समाग्री

दिव्य रोशनी(धरान)/ किवानीस क्लव अफ धरानले धरानको सुस्त मनःस्थिती विद्यालयका ५० जना विद्यार्थीहरुलाई खेलौना एवं म्युजिकल सामाग्री वितरण गरेको छ।
मंगलवार धरान १६ स्थित सुस्त मनःस्थिती विद्यालयका ५० जना विद्यार्थीहरुलाई किवानिसले हङकङमा कार्यरत दिप्ती त्रिखत्री गुरुङको सहयोगमा सो सामाग्रीहरु वितरण गरेको हो। किवानिसले वितरण गरेको सामाग्रीहरुमा गिटार, किबोर्ड, क्यारेमबोर्ड, लुडो, खेलौना र पानीका बोटलहरु वितरण गरेको हो।


कार्यक्रममा प्रमुख अतिथी धरान उपमहानगरपालिका १६ नं वडाका वडाअध्यक्ष मुरारी सुवेदीले मान्छेले पैसा कमाएर मात्र नहुने बताउदै कमाएको केही पैसा समाजसेवामा पनि खर्चगर्न सक्नुपर्छ भनेर दिप्ती त्रिखत्री गुरुङ सबैका लागी उदाहरणिय बनेको बताए। उनले यस्ता कार्यहरु सबैले अनुसरण गर्नुपर्ने समेत बताए। यसैगरी अग्रज पत्रकार हर्ष सुब्बाले समाजमा सेवा गर्न बोध गराउने किवानिस क्लव प्रति आभार व्यक्त गरे।
कार्यक्रममा किवानिसका विकास बजगाई, विद्यालयका प्रधानाध्यापक आरती थापा, विद्यालय व्यावस्थापन समितीका अध्यक्ष अर्जुन बस्नेत लगायतले बोलेका थिए। किवानिसका महासचिव निश्चल पलिखेको संचालन रहेको सो कार्यक्रम अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।