धरान एक्स्पोको पहिलो दिन शुक्रवार “रकहेड्स”को प्रस्तुति रहने

दिव्य रोशनी(धरान)/ पछिल्लो समय निकै रुचाइएको म्युजिकल ब्याण्ड “रकहेड्स”ले धरान एक्स्पोको पहिलो दिन प्रस्तुति दिने भएका छन्।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भोली शुक्रवार फागुन ११ गते देखी “धरान एक्स्पो–२०८०” शुरु हुँदैछ । एक्स्पोको पहिलो दिन मै धरानका दर्शकमाझ निकै क्रेज रहेको म्युजिकल ब्याण्ड “रकहेड्स” आउन लागेका हुन्।
नेपाली साङ्गीतिक क्षेत्रमा छोटो समयमा लोकप्रिय बन्न सफल “रकहेड्स” का “रङ्ग”, “हजार जन्म”, “सिधा कुरा” लगायतका गीत चर्चित छन्। सञ्जय अर्याल, सम्यक लामा, अरुण तण्डुकार र दावा शेर्पा सम्मिलित “रकहेड्स”ले हालसम्म बजारमा ४ वटा एल्बम ल्याइसकेको छ।
“रकहेड्स” मुख्य आकर्षण रहने एक्स्पोमा बेलुका ६ बजेबाट साङ्गीतिक कार्यक्रम सुरु हुने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए।रकहेड्सलाई स्थानीय कलाकार र समूहले पनि साथ दिने छन्। एक्स्पोमा बेलुका ४ बजेसम्म प्रवेश निःशुल्क राखिएको र बेलुका ५ बजेपछि प्रवेश टिकट २०० रुपैयाँ रहेको संयोजक श्रेष्ठले बताए।