राष्ट्रिय सभा सदस्य (कोशी) निर्वाचनमा कांग्रेसका सिटौला र एमालेका कोईराला विजयी

दिव्य रोशनी/ कोशी प्रदेशमा रिक्त दुई समूहमा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला र महिला समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रुकमिणी कोइराला विजयी भएका छन्।
विहिवार भएको निर्वाचनमा एमालेका कोईरालाले प्रदेश सभा सदस्य तर्फको ४९ मतको २५९७ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १३१ मतको २४८९ मतभार प्राप्त गर्री कूल १८० मतको सबैभन्दा वढि कूल ५०८६ मतभार प्राप्त गरी निर्वाचित भएकि छन् । यसैगरी नेपाली काँग्रेसका सिटौलाले प्रदेश सभा सदस्यतर्फको ४५ मतको २३८५ मतभार र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको १५३ मतको २९०७ मतभार प्राप्त गरी कूल १९८ मतको सबैभन्दा वढि कूल ५२९२ मतभार प्राप्त गरी निर्वाचित भएका थिए।