डेंगु रोगीको निःशुल्क उपचार गर

धरानमा डेंगुको प्रकोप बढेर गएको छ। डेगु रोग बढेसंगै अस्पताल भरिभराउ भएका छन्भने निजी क्लिनीक र औषधी पसलहरुमा पनि डेंगु रोगीको लाम लस्कर नै देखिन्छ। विगतका वर्षहरुमा फाट्ट फुट्ट देखिने डेंगु रोग यसवर्ष झनै बढेर गएको हो। अहिले धरानका हरेक घरहरुमा डेगुका रोगीहरु भेटिने गरेका छन्। डेंगु संक्रमित नभएको घर विरैलै रुपमा होलान् तर त्यो भन्दा बढी डेंगु संक्रमित रहेका छन्।
डेंगु संक्रमण कै कारण अहिले उच्च ज्वरोका रोगीहरु बढ्दै गएका छन्। अस्पतालका चिकित्सक र नर्सहरु नै डेंगुबाट संक्रमित हुन थालेपछि उपचारमा केही असहज परिस्थती आईपरेको छ। यसका साथै हरेक दिन बिरामी संख्या थपिदै गएकाले अस्पतालको भुईमा नै राखेर उपचार शुरु गरिएको छभने कोहीले उपचारका लागी घण्टौसम्म पालो पर्खनु पर्ने अवस्था समेत आएको छ।
धरानमा बढ्दै गएको डेंगुको नियनत्रणका लागी स्थानिय सरकार धरान उप–महानगरपालिकाले सर्च एण्ड डेस्ट्रोई अभियानलाई अघि सारेपनि त्यो जनमानसमा प्रभावकारी देखिएको छैन। जनतामा धुँवा फयाँक्म्ने फगिङ मेसिनको मात्र विश्वासलेपनि सर्च एण्ड डेस्ट्रोई अभियानले सार्थकता नपाएको भन्ने लागेको छ। विश्व स्वास्थ्य संगठनले पनि धुवा फ्याँक्ने फगिङ मेसिनले श्वासप्रश्वासमा समस्या ल्याउने र निकै खर्चिलो पनि हुने जनाएकाले उपमहानगरले अब धराने जनतामा जनचेतनाको विकास गर्नुपर्ने देखिएको छ। उप महानगरपालिकाका सम्पूर्ण युनिट टिम नै अहिले डेंगु रोकथामा लागी परिरहेको अवस्था छ। डेंगु नियनत्रणको अभियानका क्रममा जनचेतनामूलक पर्चाहरु पनि बाडिएका छन्। तथापी डेंगु हटेको छैन। किनभने सम्बन्धित सरोकारवाला संघ संस्थाहरु अझैपनि चुप लागेर बसेका छन्। मेयर साम्पाङले टिएलओका प्रतिनिधीहरुलाई बोलाई अन्र्तक्रिया कार्यक्रम गरेपनि यसले सार्थकता पाउनेमा मुस्किल रहेको छ। अहिले धरानलाई डेंगुले आक्रान्त बनाउँदै लगेको अवस्थामा धरान राजनतिक दलहरु चिर निन्द्रैमा सुतेको आरोप लगाएका छन्। चुनावको बेला मात्र घरघरपुगने जनप्रतिनिधी अहिले दुलोमा लुकेको सर्प झै लुकेको भन्ने धरानवासीहरुको आरोप छ। साँच्चै नै भन्न्ुपर्दा अहिले धरानमा डेंगुको महामारी बढ्दो अवस्थामा रहँदा पनि कुनैपनि संघसंस्थाले समेत डेंगु सचेतना कार्यक्रमहरु ल्याउन नसक्दा जनताहरु छक्क परेका छन्।
डेंगुले धरानवासीहरु ईन्तुन चिन्तुको अवस्थामा रहदा अब स्थानिय सरकार धरान उपमहानगरपालिकाले वडा वडामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्नुअतिआवयक देखिन्छ। डेंगुले थलिएर सुतेका बेला स्थानिय सरकार प्रमुख र जनप्रतिनिधीहरुको उपस्थितीले मात्रै पनि रोगीहरुमा हौसला बढ्ने छ। जसका लागी स्थानिय सरकारले जनतामा स्थानिय सरिकार रहेको आभाष दिलाउन सक्नु पर्दछ। साथै डेंगु रोगीको उपचार निःशुल्क गर्ने व्यवस्था गरिनुपर्दछ।

2 thoughts on “डेंगु रोगीको निःशुल्क उपचार गर

टिप्पणीहरू are closed.