भरौल गोल्डकप शुरुः उद्धघाटन खेलमा जागृती क्लब विजयी
दिव्य रोशनी(धरान)/ छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकपको उद्धघाटन खेलमा ईटहरीको राष्ट्रिय जागृती क्लबले जित हात पारेको छ।
न्यु स्टार फुटबल क्लबको आयोजनामा बुधवार भएको पहिलो उदघाटन खेलमा राष्ट्रिय जागृती क्लब इटहरीले मोरङ एन्फालाई टाइब्रेकरमा ३को विरुद्ध ४ गोल गर्दै जित हामत पारेको हो। खेलमा दुबै टिमबिच गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा राष्ट्रिय जागृती क्लब इटहरीका प्रवेश दनुवार, सुमित चौधरी, बिजय राइ, उमेश कार्कीले गोल गरे भने रमेश राजवंशीको प्रहार गोलरक्षकले रोकेका थिए ।
यसैगरी एन्फा मोरङका तफर््बाट बिसाल पाण्डे , कोमल खवास र गोलरक्षक पमेजय गच्छदारले गोल गरेका थिए भने सागर खड्का र बिष्णु गिरि गोल गर्न बाट चुके।
खेलमा म्यान अफ द म्याच राष्ट्रिय जागृत क्बल इसुव थपलीया घोषित भए । उनलाई बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले नगद पाच हजार सहित ट्रफी हस्तान्तरण गरेका थिए ।
क्लबका भेषराज कार्की सभाध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा कोशी प्रदेश सरकारका सामाजिक विकाश मन्त्री बुद्धी कुमार राजभण्डारी , कोशी प्रदेस सभा सदस्य मिना श्रेष्ठ , वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की , अखिल नेपाल फुटवल संघ कोशी प्रदेशका अध्यक्ष किशोेर राई लगायत वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो
चैत्र २२ गते सम्म चल्ने प्रतियोगितामा दुई भारतीय क्लबसहित ८ टिम सहभागी रहेका छन्भने कुल ५५ लाख ५१ हजार लागत अनुमान गरिएको आयोजकले जनाएको छ।

ञप्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाख प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृट खेलाडीले २५ हजार र विधागत तर्फका उत्कृष्ट खेलाडीलाई जनही १० हजार प्रदान गरिनेछ । दैनिक म्याच अफ द म्याच हुनेलाई ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
बराहक्षेत्र नगरपालिका भरौल स्थित जगन्नाथ डेजराज जनता माध्यमिक बिद्यालयको खेलमैदानमा आयोजित प्रतियोगिता अन्तर्गत बिहीबारको खेल पाहुना टोली कञ्चनजंगा फुटबल क्लव सिलगुडी भारत र आयोजक न्यु स्टार क्लवका बिच खेल हुने अध्यक्ष भेषराज कार्कीले बताए ।
Pingback: เว็บตรงฝากถอนง่าย
Pingback: 1xslot argentina
Pingback: 1xslots casino
Pingback: Mulch film
Pingback: Scarica l'app BigCasino dal sito web https://bigcasinoapp.com/ e installala.