एनप्याव्सन महिला पुरुष बास्केटबलः धरान मेघा र सियोन बन्यो च्याम्पियन

राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन,नेपाल एनप्याव्सन नगर कमिटिको आयोजनामा आयोजित अन्तर विद्यालय महिला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा र लोटस स्कुलले चुमेको छ ।

शुक्रवार सम्पन्न फाइनल खेलमा पुरुष तर्फ धरान मेघाले लोटस स्कुललाई ४२-३१ र महिला तर्फ सियोनले पर्वत स्कुललाई १८-७ अङ्कको अन्तरले पराजित गर्दै उपाधी चुमेका हुन । फाइनल खेलको प्रत्येक क्वाटरमा पुरुष तर्फ धरान मेघा र लोटसले ९-४, १३-२, १४-१३ र ६-१२ अङ्क जोडेका थिए ।  महिला तर्फ सियोन र पर्वत स्कुलले ३-३, ४-०, ४-२ र ७-२ अङ्क जोडेका थिए ।

बिजेता तथा उपबिजेता खेलाडिहरुलाइ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।  यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी एमभिपी पुरुष तर्फ धरान मेघाका योगेश राई र महिला तर्फ सियोन स्कुलका सेरिना लिम्बू घोषित भइन । प्रतियोगिताका हाइ स्कोरर पुरुष तर्फ लोटस स्कुलका सावन माझी र महिला तर्फ पर्वत स्कुलका स्वेता राई घोषित भइन । सावनले प्रतियोगिता भरी तीन खेल बाट ब्यक्तिगत २५ अङ्क र स्वेताले २७ अङ्क जोडेका थिए । उनिहरुले मेडल र प्रमाणपत्र प्राप्त गरे ।

धरान उपमहानगरपालिका शिक्षा शाखा प्रमुख सम्भुप्रसाद पान्डेको प्रमुख अतिथ्यमा सम्पन्न समापन कार्यक्रमका बिजेता तथा उपबिजेता खेलाडिहरुलाइ कार्यक्रमका सभाध्यक्ष धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बू, बिशेष अतिथी नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, सियोन स्कुलका अध्यक्ष खड्कबहादुर मगरलागयतले पुरस्कार बितरण गरेका छन ।
     एनप्याब्सनको खेलकुद सप्ताह अन्र्तगत संपन्न बास्केटवल प्रतियोगितामा कक्षा १२ सम्मका महिला तर्फ ८ र पुरुष तर्फ ८ टिमले सहभागिता जनाएका थिए ।  धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा संपन्न प्रतियोगितामा धरान बास्केटवल संघको प्रविधिक सहयोग रहेको थियो