धनकुटामा ६ दिने हुलाकी पुनर्ताजगी प्रशिक्षण तालिम सुरु

दिव्य रोशनी(धरान)/ हुलाक प्रशिक्षण केन्द्र बबरमहल काठमाडौको आयोजनामा ६ दिने हुलाकी पुनर्ताजगी प्रशिक्षण तालिमको चौथो सत्र धनकुटा बजारमा सुरु भएको छ ।
बिहिबार धनकुटा ७ हुलाक टोल स्थित रहेको होटल लालीगुरासमा बिहान १० बजेबाट सुरु भएको तालिम आगामी माघ १० गते सम्म चल्ने आयोजक हुलाक प्रशिक्षण केन्द्रले जनाएको छ।
तालिममा एक नं प्रदेश अन्तर्गतका मोरङ,झापा,सुनसरी,धनकुटा,तेह्थुम,संखुवासभा तथा भोजपुर जिल्लाका हुलाक कार्यालयमा कार्यरत २२ जना हुलाकी कर्मचारीहरुको सहभागिता रहेको छ। प्रत्येक जिल्लामा हुलाक सेवामा कार्यरत श्रेणी विहीन हुलाकी कर्मचारीहरुले सेवाग्राहीलाई सेवा प्रवाह गर्ने तथा जनसम्पर्कमा सुधारका लागी सिकाईलाई प्रमुखताका साथ आयोजना गरेको उक्त तालिममा हुलाक प्रशिक्षण केन्द्रका प्रशिक्षकहरु पबित्रा घिमिरे(खनाल),प्रदिपमणी शर्मा चौलागाईं तथा केन्द्रका नायव सुब्बा सुधिर गौतमले सहजिकरण गर्ने केन्द्रले जनाएको छ।
त्यस्तैगरी प्रशिक्षार्थीहरुको दक्षता तथा क्षमता अभिवृद्धि गर्ने तथा उनीहरुको मनोवृत्तिमा सकारात्मक परिवर्तन ल्याई हुलाक सेवालाई ग्राहकमुखी एवं गुणस्तरीय बनाउने प्रमुख उदेश्यका साथ समेत पुनर्ताजगी तालिम आयोजना गरिएको कार्यक्रमका प्रशिक्षक प्रदिपमणी शर्मा चौलागाईंले जानकारी दिए।
वि.स. २०१९ साल माघ १ गते काठमाण्डौमा स्थापना भएको उक्त कार्यालय आफनो स्थापनाकालमा तत्कालीन ९ँयचभकत च्भकयगचअभक म्ष्खष्कष्यल० कार्यालयसगै पुतलीसडकमा रहेको थियो । पछि कमलपोखरी तथा ज्ञानेश्वार स्थित भाडाका घरहरुमा स्थानान्तरण हुदै बि.स. २०२२ साल फागुन ९ गतेदेखि काठमाडौ महानगरपालिका वाड.नं. ११ बबरमहलमा सारिएको छ ।
नेपालको इतिहासमा हुलाकको एउटा महत्वपुर्ण स्थान रहेको पाइन्छ लौरी हुलाक, कागते हुलाक, हुँदै विकास भएको पृथ्वी नारायण शाहका पालामा राशनपानी बोक्ने कार्यका लागी समेत हुलाकको प्रयोग मार्फत परिचालन गरी राणाहरुका दरवारमा जुम्लाको मार्सी धानको चामल प्रत्येक दिन ११ बजे भान्सामा पुर्याउने जस्ता महत्वपुर्ण कायर्हरु गर्दै जनताका घरदैलोमा सुख दुःखका समाचार पु¥याउने विश्वासिलो माध्यमका रुपमा परिचित हुदै विभिन्न आरोह अवरोह पार गर्दै आजको प्रविधिमैत्री हुलाकसंग जोडिन आइपुगेको अवस्थामा रहेको छ भने अहिलेको स्थितीमा हुलाक सेवा डिजिटल प्रबिधिी मैत्री बन्दै गएको छ।
यसअघि हुलाक प्रशिक्षण केन्द्रले आफनै भवनमा दुईवटा र बुटबलमा एउटा गरी तीन वटा पुनर्ताजगी तालिम सम्पन्न गरिसकेको जनाएको छ।

14 thoughts on “धनकुटामा ६ दिने हुलाकी पुनर्ताजगी प्रशिक्षण तालिम सुरु

टिप्पणीहरू are closed.