सुनसरी १ मा प्रतिनिधीसभातर्फ ६२५ मतले शरिनलाई पछिपार्दै अशोक
दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य भईरहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार आईतवार राती ९ः४५ बजेसम्म प्रतिनिधीसभातर्फको ७२ हजार ३ सय ४५ मत गणना हुदा जसपाको चुनाव चिन्ह छाता(अशोक राई) ले १५५८२ मत ल्याएका छन्भने राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी) का सरिन (गोमा)तामाङले १४९५७ मत ल्याएकि छिन्। छाता र घण्टीमा ६२५ मतको फरक रहेको छ। यसैगरी नेकपा माओवादीको चुनाव चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले ११८१२ मत पाएका छन्।
यसैगरी खरायो(मनोज मेन्याङवो)ले ७२८६ मत प्राप्त गरेको छभने राप्रपाको चुनाव चिन्ह हलोले ७२५६, लाउड स्पीकरले २७८, ढाका टोपीले २१७, कुखुराको भालेले २०६, दाप सहितको खुकुरीले ६९२, पाँचकुने ताराले २९५, पानीको फिल्टरले १६७, घन्टाघर(कुमार कार्की)ले १८०६, क्रस खुकुरीले २८५, चापाकलले १३२, तिलहरी १०३, पानीको जारले ३७७३, सुर्यमुखी फुलले १६९२, पुतली ५५, छत्रेटोपी १३१ र सेलरोटीले ३५६ मत ल्याएका छन्।
Pingback: ศัลยกรรมตาสองชั้น
Pingback: Ethical Elephant Sanctuary
Pingback: เช็คสลิปโอนเงิน
Pingback: ข้าวหมาก
Pingback: 123bet login